संगालोखबर
साङ्केतिक तस्बिर : एआईको सहयोगमा

विराटनगर । मोरङमा चार वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सुनवर्षी नगरपालिका-९ डाइनिया मुस्लिम टोल बस्ने जफारुल मियाँकी ४ वर्षीया छोरी कायानत खातुनको हत्या आरोपमा सोही ठाउँका ५९ वर्षीय जान महमद मन्सूरी पक्राउ परेका हुन्।

गत साउन ८ गते बालिका खातुन घन्सी घारीभित्र मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धान गर्ने क्रममा मन्सूरीको संलग्नता देखिएपछि प्रहरीले उनलाई साउन २० गते आफ्नै घरबाट पक्राउ गरेको हो

पक्राउ परेका मन्सूरीमाथि कर्तव्य ज्यान मुद्दामा मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!