
विराटनगर । विराटनगरका प्रतिष्ठित व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा छापा हानेको विषयमा मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाललाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।
सोमबार ५ घण्टासम्म छापा मारेर केही नभेटी फर्किएपछि उनीमाथि प्रदेश प्रहरी कार्यालयले ९ बुँदे प्रश्नसहित स्पष्टीकरण मागेको हो ।
जिम्मेवारीमा लापरबाही, अधिकारको अनुचित प्रयोग, निर्णय प्रक्रियामा त्रुटि, व्यवसायिक आचरणजस्ता विषयमा प्रष्ट पार्न भन्दै प्रधान कार्यालयका एसएसपी योगेन्द्रसिंह थापाले हस्ताक्षर गरेर स्पष्टीकरणको पत्र पठाएका हुन् ।
हेडक्वार्टरले मुन्दडाको घरमा प्रहरी परिचालन गर्ने निर्णय कुन सूचना वा विश्वसनीय गोप्य सूचनाको आधारमा गरेको भनी प्रश्न सोधेको छ । ९ बुँदे स्पष्टीकरणको जवाफ २४ घण्टाभित्र माग गरिएको छ ।

संगालोखबर 













