संगालोखबर


विराटनगर । मोरङमा सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइएको १० लाख मूल्य बढीको सामान बरामद गरेको छ । लत्ताकपडा, किराना सामान तथा पशुचौपायासहित १० लाख १५ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा सामान ल्याउँदै गरेको अवस्थामा प्रदेश १-०२-००२ ह ९६८१ नम्बरको अटो नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार अटोमा लत्ताकपडा र किराना सामान ल्याइएको थियो । बरामद सामानको भन्सार मूल्य ५ लाख ७४ हजार ४ सय ७९ रुपैयाँ र अटोको भन्सार मूल्य ४ लाख रुपैयाँसमेत जोड्दा ९ लाख ७४ हजार ४ सय ७९ रुपैयाँ बराबरको सामान तथा सवारीसाधन भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बीओपी डोरियाले एउटा गाई र एउटा बाछो नियन्त्रणमा लिइएको छ । मातहतका अन्य कार्यालयबाट पनि किराना सामान बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।

पशुचौपाया र अन्य बरामद सामानसमेत जोड्दा नियन्त्रणमा लिइएको वस्तुको कुल भन्सार मूल्य १० लाख १५ हजार ६ सय ७९ रुपैयाँ पुगेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद भएको सामान विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!