विराटनगरमा आकर्षक उपहारको प्रलोभन देखाएर चिठ्ठा मार्फत ठगी
विराटनगर । विराटनगरमा अवैध रूपमा चिठ्ठा खेलाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आकर्षक इलेक्ट्रोनिक सामानहरू उपहार पर्ने प्रलोभन देखाई ठगी गर्दै आएका विराटनगर-११ महेन्द्र चोक बस्ने ३५ वर्षीय सुवास राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार राईले अनधिकृत रूपमा ‘ओसियन डिजिटल सोलुसन प्राइभेट लिमिटेड’ नामको कम्पनी खडा गरी विभिन्न आकर्षक विद्युतीय सामानह...































