धनकुटामा टाटा विंगर गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु, दुई जना घाइते

धनकुटामा टाटा विंगर गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु, दुई जना घाइते

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-४ डिहीटारस्थित तमोर करिडोर सडकमा टाटा विंगर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन् । इटहरीबाट पाँचथरतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ज ३९४९ नम्बरको टाटा विंगर गाडी आज बिहान करिब ९ः३० बजे अनियन्त्रित भएर सडकमा पल्टिएको हो । दुर्घटनामा परी मोरङको सुन्दरहरैँचा नगरपालिका-६ की ४० वर्षीया सवित्रा ढुंगेलको घटनास्थलमै...
धनकुटा-पाँचथर सडक खण्डमा मिनीबस दुर्घटना 

धनकुटा-पाँचथर सडक खण्डमा मिनीबस दुर्घटना 

विराटनगर । तमोर करिडोर अन्तर्गत धनकुटा-पाँचथर सडक खण्डमा मिनीबस दुर्घटना भएको छ । धरानबाट फिदिमतर्फ जाँदै गरेको मिनिबस दुर्घट्ना हुँदा तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार प्रदेश १-०१-००१ ज ३९४९ नम्बरको मिनीबस  आज बिहान करिब ९ः३० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ का २८ वर्षीय तेजबहादुर चेम्जोङ गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि पठाइएको प्रहरी...
राष्ट्रिय युवा संघद्वारा धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

राष्ट्रिय युवा संघद्वारा धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले शुक्रवार धनकुटा जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको छ । संगठनको ३७ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ धनकुटाले बिरामीहरूलाई फलफूल वितरण गरेको हो । अस्पतालको इमर्जेन्सी र वार्डमा रहेका करिब ४५ जना बिरामीलाई फलफूल वितरण गरिएको राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष देवी राईले जानकारी दिए । सो अवसरमा नेकपा एमाले धनकुटाका अध्यक्ष शिव...
धनकुटाका करवीरले ६६ वर्षको उमेरमा पास गरे एसईई

धनकुटाका करवीरले ६६ वर्षको उमेरमा पास गरे एसईई

धनकुटा । धनकुटाको मुगाका करवीर राईले ६६ वर्षको उमेरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्रिर्ण गरेका छन् । धरानको सगरमाथा डल्फिन कलेजबाट परीक्षा आवेदन फारम भरेका राईले वृद्ध अवस्थामा एसईई उत्तीर्ण गरेका हुन् । नाति नातिनीको उमेर समूहका विद्यार्थीसँगै परीक्षा दिएका करवीरको यो सफलताले शिक्षा हासिल गर्न उमेरले छेक्दैन भन्ने सन्देश पनि दिएको छ । २०४० सालमा एसएलसी परीक्षा दिएको भएपनि तीन विषय लागेर फ...
धनकुटाको ओम साई इलेक्ट्रोनिक्सले ५० जना ग्राहकलाई उपहार दिने, भाग्यशालीले ५० हजार पाउने

धनकुटाको ओम साई इलेक्ट्रोनिक्सले ५० जना ग्राहकलाई उपहार दिने, भाग्यशालीले ५० हजार पाउने

धनकुटा । धनकुटाको हुलाकटोलस्थित ओम साई इलेक्ट्रोनिक्सले ५० जना ग्राहकलाई गोलाप्रथाबाट उपहार प्रदान गर्ने भएको छ । जसमध्ये भाग्यशाली एक जना ग्राहकले ५० हजार नगद पुरस्कार पाउने भएका छन् । २०८२ मंसिरदेखि यही वैशाख ३० गतेसम्म सामान खरिद गर्ने ५० जना ग्राहकहरूलाई ‘लक्कीड्र’ मार्फत पुरस्कृत गर्न लागिएको ओम साई इलेक्ट्रोनिक्सका सञ्चालक रिदम श्रेष्ठले जानकारी दिए । ‘१० रुपैयाँ भन्दा वढी मूल्यको जुनसुकै...
धनकुटामा सिक्री लुट्नेहरू पेसेवर लुटेरा, साथमा भेटियो औँठीदेखि तिलहरीसम्म

धनकुटामा सिक्री लुट्नेहरू पेसेवर लुटेरा, साथमा भेटियो औँठीदेखि तिलहरीसम्म

धनकुटा । धनकुटा बजारबाट सुनको सिक्री लुट्ने सिन्धुलीका तीन जना युवाहरू पेसेवर लुटेरा रहेको पत्ता लागेको छ । धनकुटामा सिक्री लुटेको भोलिपल्ट धरानमा पक्राउ परेका उनीहरूको साथमा लुटिएको सिक्री मात्र नभई अरु पनि धेरै गहनाहरू फेला परेपछि उनीहरु पेसेवर लुटेरा रहेको पत्ता लागेको हो । गत शुक्रवार धनकुटाको सहिदभूमि-१ की ४० वर्षीय विष्णुकुमारी राई धनकुटा बजारमा लुटिएकी थिइन् । उनलाई प्रलोभनमा पारी १ तोला...
आन्तरिक मामिला मन्त्री पराजुलीद्वारा जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण

आन्तरिक मामिला मन्त्री पराजुलीद्वारा जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण

धनकुटा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले आज जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण गरेका छन् । गृह जिल्ला धनुकटा पुगेका वेला मन्त्री पराजुलीले प्रहरी कार्यालय निरीक्षण गरी जिल्लाको सुरक्षा अवस्थाका बारेमा जानकारी लिएका हुन् । प्रदेशमा सुरक्षा निकाय हेर्ने जिम्मेवारी आन्तरिक मामिला मन्त्रालय अन्तर्गत पर्छ । आफ्नो मन्त्रालय मातहत रहेकाले मन्त्री पराजुलीले प्रह...
धनकुटामा सुनको सिक्री लुटेर भागेका तीन जना धरानबाट पक्राउ

धनकुटामा सुनको सिक्री लुटेर भागेका तीन जना धरानबाट पक्राउ

धनकुटा । धनकुटा बजारमा दिउँसै सुनको सिक्री लुटेर भागेका तीन जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका ६ का ३० वर्षीय धनबहादुर तामाङ, सोही पालिकाको वडा नं.१२ का ३२ वर्षीय सन्तोष तामाङ र वडा नं. १० का ३८ वर्षीय राजु तामाङ छन् । उनीहरूलाई गएराती धरानको एक होटलबाट नियन्त्रणमा लिइएको धनकुटाका प्रहरी प्रमुख एसपी सरतकुमार थापा क्षेत्रीले जानकारी दिए । गत शुक्र...
धनकुटा बजारमा दिउँसै लुटियो सुनको सिक्री

धनकुटा बजारमा दिउँसै लुटियो सुनको सिक्री

धनकुटा । धनकुटा बजारबाट दिउँसै सुनको सिक्री लुटिएको छ । धनकुटा नगरपालिका–७ स्थित मदनचोकमा सहिदभूमि–३ की विष्णुमाया राईको साथबाट एक तोला २ आना सुनको सिक्री लुटिएको हो । आज दिउँसो करिब १२ः३० बजे घटना भएको हो । राईलाई बढी रकम दिन्छु भनी प्रलोभनमा पारेर दुई जना युवाहरूले सिक्री लगेर फरार भएको धनकुटाका प्रहरी प्रमुख एसपी सरदकुमार थापा क्षेत्रीले जानकारी दिए । सिक्री लग्ने व्यक्तिहरूको तस्वीर बजारको...
धनकुटाको हिलेमा वाहिनीपति ट्रफी प्रतियोगिता सुरु

धनकुटाको हिलेमा वाहिनीपति ट्रफी प्रतियोगिता सुरु

धनकुटा । धनकुटाको हिलेस्थित २ नम्बर वाहिनी अड्डामा वाहिनीपति ट्रफी सुरु भएको छ । २ नम्बर वाहिनी अड्डाको आयोजनामा महेन्द्र सैनिक शिविरको खेल मैदानमा बुधबारबाट वाहिनीपति ट्रफी सुरु भएको हो । वाहिनीपति ट्रफी प्रतियोगिताको उद्‌घाटन २ नम्बर वाहिनी अड्डाका वाहिनीपति सहायक रथी दिवाकर विक्रम राणाले गरे । उद्‌घाटन समारोहमा बोल्दै वाहिनीपति राणाले सकलदर्जाको सामूहिक भावना, एस्प्रिट डी कोरको विकास, पृतनाप...
बिर्तामोड युनाइटेडले हात पार्यो रारा गोल्डकपको उपाधि

बिर्तामोड युनाइटेडले हात पार्यो रारा गोल्डकपको उपाधि

धनकुटा । धनकुटाको राजारानीमा सम्पन्न १३ औं रारा गोल्डकपको उपाधि बिर्तामोड युनाइटेड एफसी (झापा) ले हात पारेको छ । आज भएको फाइनल खेलमा आयोजक रारा फुटबल क्लब (राजारानी) लाई ट्राइब्रेकरका ५-४ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो । निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरका धकेलिएको थियो । दास्रो हाफको ३३ औं मिनेटमा आयोजक राराका मनिकुमार लामाले पेनाल्टीमार्फत गोल गरेका थिए ।...
धनकुटामा वृद्धलाई फलामको पाइप प्रहार गर्ने दुई जना पक्राउ

धनकुटामा वृद्धलाई फलामको पाइप प्रहार गर्ने दुई जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ का एक वृद्धलाई फलामको पाइप प्रहार गरी गम्भीर घाइते बनाउने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ डडेनीस्थित तमोर कोरिडोर सडक खण्डमा स्थानीय ६१ वर्षीय गुर्जासिंह राईमाथि आक्रमण भएको थियो । सामान्य विवादका क्रममा सोही गाउँपालिका वडा नम्बर ८ का १९ वर्षीय समिर मुदेल र २१ वर्षीय दल बहादुर मुदेलले फलामको पाइपले राईको टाउकोमा प्रहार गरेका थिए । आक्...
धनकुटाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

धनकुटाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-१ हिलेका ३५ वर्षीय बसन्त मोक्तन र ४० वर्षीय सुवास कुमार राई छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट नौ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । उनीहरूविरुद्ध आज जिल्ला अदालतबाट लागूऔषध मुद्दामा सात दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
डेरी उद्योगमा स्थापित धनकुटाका राजु, ७ जनालाई प्रत्यक्ष रोजगारी

डेरी उद्योगमा स्थापित धनकुटाका राजु, ७ जनालाई प्रत्यक्ष रोजगारी

धनकुटा । धनकुटा नगरपालिका-२ भिरगाउँका राजु घिमिरे एक दशकदेखि डेरी उद्योग सञ्चालन गरिरहेका छन् । डेरी उद्योगबाट राम्रो आम्दानी गरिरहेका घिमिरेले स्थानीयलाई रोजगारी पनि दिएका छन् । डेरीमा उत्पादन हुने दुग्धजन्य उत्पादनको माग बढेसँगै आम्दानी पनि बढेको छ । उनले भिरगाउँमा डेरी उद्योग सञ्चालन गरको दशवर्ष बढी भयो । हिले बजारमा पनि उनले ३ वर्षदेखि डेरी उद्योग सञ्चालन गरिरहेका छन् । सिंहदेवी डेरी उद्योग...
धनकुटा प्रशासनले भन्यो: गाँजा खेती नगर्नु, गरेको भटिए कारवाही गरिन्छ

धनकुटा प्रशासनले भन्यो: गाँजा खेती नगर्नु, गरेको भटिए कारवाही गरिन्छ

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले गाँजा खेती नगर्न जिल्लावासीलाई सचेत गराएको छ । प्रशासन कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै गाँजा खेती गर्ने, ओसारपसार गर्ने तथा बेचविखन गर्नेलाई कारवाही हुने भन्दै सचेत गराएको हो । लागूऔषध नियन्त्रण ऐन २०३३ ले गाँजा खेती, ओसारपसार तथा बेचबिखनलाई पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ । तरपनि धनकुटाको सहिदभूमिसहित विभिन्न क्षेत्रमा ठूलो मात्रामा गाँजा खेत...
धनकुटामा अब हुलाकमार्फत घरमै राहदानी पुर्‍याइने

धनकुटामा अब हुलाकमार्फत घरमै राहदानी पुर्‍याइने

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले अब घरमै राहदानी पठाइदिने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय आएर लिनुपर्ने राहदानी अब हुलाकमार्फत घरमै पठाइने भएको हो । यसका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच शुक्रबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । सरकारले सेवाग्राहीको सहजतालाई ध्यान दिदै घरमै राहदानी पुर्याउने योजना बनाएपछि धनकुटामा पनि यसलाई कार्यान्वयन गर्न लागिएको हो । सरक...
राजारानीमा वैशाख १८ गतेदेखि १३ औं रारा गोल्डकप हुने

राजारानीमा वैशाख १८ गतेदेखि १३ औं रारा गोल्डकप हुने

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा यही बैशाख १८ गतेदेखि १३ औं संस्करणको रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक रारा फुटबल क्लबले बिहीबार राजारानीमा पत्रकार सम्मेलन गरेर वैशाख १८ देखि २२ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएको हो । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमबीच प्रतिष्पर्धा हुने आयोजक रारा फुटबल क्लबका सचिव जीवन कटु...
विराटनगरमा फुटपाथ अतिक्रमण गर्नेमाथि कडाइ गरिने

विराटनगरमा फुटपाथ अतिक्रमण गर्नेमाथि कडाइ गरिने

विराटनगर । विराटनगर बजार क्षेत्रको अव्यवस्थित फुटपाथ अतिक्रमण रोक्न विशेष अभियान चलाइने भएको छ । विराटनगर महानगरका मेयर नागेश कोइरालासहित सरोकारवालाको बैठकले वैशाख ११ गतेदेखि मुख्य बजार तथा आसपास क्षेत्रमा कडाइका साथ फुटपाथ व्यवस्थापन गर्ने निर्णय गरेको हो । बैठकले प्रारम्भिक चरणमा दुई दिन माइकिङमार्फत व्यवसायी, सर्वसाधारणलाई सचेत गराउने र त्यसपछि पूर्ण रूपमा कार्यान्वयनमा जाने निर्णय गरेको छ ।...
विराटनगरबाट चार महिनाअघि हराएको मोटरसाइकल धनकुटामा भेटियो

विराटनगरबाट चार महिनाअघि हराएको मोटरसाइकल धनकुटामा भेटियो

धनकुटा । धनकुटामा वेवारिसे अवस्थामा भेटिएको मोटरसाइकल प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । धनकुटा नगरपालिका-९ मार्गामा फेला परेको बजाज कम्पनीको २२० सीसीको पल्सर मोटरसाइकल विराटनगर-३ हलेसी टोलका मोटरसाइकल धनी विवेक रेग्मीलाई बुझाइएको हो । सो मोटरसाइकल गत मंसिर २१ गते राती विराटनगरको सहिद रंगशाला गेट अगाडि पार्किङ गरेको ठाउँबाट हराएको थियो । हराएको चार महिनापछि मोटरसाइकल फेला परेको हो । ...
पूर्वाञ्चल गट ट्यालेन्ट : गायनतर्फ सुज्ञान, नृत्यमा सुम्निमा, शिशिर र सेमिना विजयी

पूर्वाञ्चल गट ट्यालेन्ट : गायनतर्फ सुज्ञान, नृत्यमा सुम्निमा, शिशिर र सेमिना विजयी

धनकुटा । ‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन-७’ को फाइनलमा गायनतर्फ झापाका सुज्ञान खनाल, नृत्य जुनियरतर्फ झापाकी सुम्निमा राई र नृत्य सिनियरतर्फ पाँचथरका शिशिर नेम्वाङ र सेमिना लिम्बू विजयी भएका छन् । धनकुटाको तल्लो टुँडिखेलमा शनिबार राति सम्पन्न प्रतियोगितामा उनीहरू विजेता भएका हुन् । प्रतियोगितामा गायनतर्फ पाँचथरका पवन राई द्वितीय र झापाकी दिव्या लाम्गादे तृतीय भएका छन् । नृत्य जुनियरतर्फ झापाकी स...
धनकुटामा ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को ग्रान्ड फिनाले भोलि

धनकुटामा ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को ग्रान्ड फिनाले भोलि

धनकुटा । धनकुटामा ‘पूर्वाञ्चल गट ट्यालेन्ट २०८२’ को फाइनल भोलि हुने भएको छ । रिक्रियसन मल्टिमिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. र टिन्स क्रिउ डान्स ट्रेनिङ सेन्टर धनकुटाले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको फाइनल बारे जानकारी दिएको हो । पूर्वी पहाडको सन्दर्भमा सांस्कृतिक र कलात्मक गतिविधिलाई थप विस्तार गर्ने उद्देश्यले गरिएको गट ट्यालेन्टको फाइनल तल्लो टुँडिखेलमा दिउँसो ४ बजेबाट सुरु हुने छ ...
धनकुटामा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

धनकुटामा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

धनकुटा । धनकुटामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले पीडित पक्षको उजुरीका आधारमा महालक्ष्मी नगरपालिका-६ का ४२ वर्षीय धनबहादुर गिरीलाई पक्राउ गरेको हो । गिरीले बालिकालाई बैशाख २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिएका थिए । पीडितको उजुरीको आधारमा आरोपितलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एसप...
धनकुटामा परम्परागत ठेकी बनाउने सीपको जगेर्ना, मनग्य आम्दानी

धनकुटामा परम्परागत ठेकी बनाउने सीपको जगेर्ना, मनग्य आम्दानी

धनकुटा । धनकुटाको ग्रामीण भेगमा अहिलेपनि पानी र चुदारोबाट ठेकी लगायत काठका अन्य सामग्री बनाएर परम्परागत सीपको जगेर्ना भइरहेको छ । आधुनिक प्रविधिको विकास भएपनि परम्परागत सीप र प्रविधिको जगेर्ना गर्न स्थानीय लागि परेका हुन् । धनकुटाको महालक्ष्मी नगरपालिका-४ का दीर्घबहादुर पौडेल बर्षमा करिब एक सय बढी काठबाट ठेकी बनाउँदै आएका छन् । खेतीपातीको सिजन अर्थात बर्खाको समयमा अन्य काम गर्नुपर्ने भएकाले हिउ...
धनकुटामा चौथो कोप्चे फेस्टिभल सुरु (फाेटाे फिचर)

धनकुटामा चौथो कोप्चे फेस्टिभल सुरु (फाेटाे फिचर)

धनकुटा । धनकुटाकाे बिहीबारे हटियामा नयाँ वर्षकाे अवसरमा आजबाट चाैथाे काेप्चे फेस्टिभल सुरु भएकाे छ । 'मौलिकता संरक्षण, पर्यटन प्रवर्द्धन' भन्ने मूल नाराका साथ कोप्चे पुनर्जागरण अभियानकाे आयोजनामा फेस्टिभल सुरू भएकाे हाे । तीन दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले गरे । कार्यक्रममा बोल्दै नगर प्रमुख तामाङले कोप्चे क्षेत्रको आर्थिक पुनरुत्थानका...
धनकुटामा शिक्षक हित साकोसको भवन शिलान्यास, नगरपालिकाले १० लाख सहयोग गर्ने

धनकुटामा शिक्षक हित साकोसको भवन शिलान्यास, नगरपालिकाले १० लाख सहयोग गर्ने

धनकुटा । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) धनकुटाको धवन शिलान्यास गरिएको छ । साकोसले आफ्नो १७ औं स्थापना दिवसको अवसरमा भवन निर्माण सुरु गरेको हो । आज एक कार्यक्रमका बीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले विधिवत रूपमा भवनको शिलान्यास गरेका छन् । धनकुटा नगरपालिका-४, देब्रेबासस्थित लोकसेवा कार्यालय नजिकै संस्थाको आफ्नै जग्गामा भवन निर्माण हुन लागेको हो । शिलान्यास कार्यक्रम...
धनकुटाको कागतेबाट १३ फिट लामो राजगोमनको उद्धार

धनकुटाको कागतेबाट १३ फिट लामो राजगोमनको उद्धार

धनकुटा । धनकुटा नगरपालिका-३ र ६ को सिमानास्थित कागतेबाट १३ फिट लामो अत्यन्तै विषालु राजगोमन (किङ कोब्रा) सर्पको उद्धार गरिएको छ । समुद्री सतहबाट करिब १३ सय मिटर उचाइमा रहेको कागतेस्थित बोधप्रसाद वाग्लेको गोठबाट सर्पलाई शनिबार सुरक्षित रूपमा उद्धार गरिएको हो । धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवाका प्रदीप श्रेष्ठले जोखिमपूर्ण अवस्थाका बीच सर्पको उद्धार गरेका हुन् । स्थानीयको सूचनाका आधारमा पु...
हुसाडेक नेपाल धनकुटाको अध्यक्ष खेमराज थापा निर्वाचित

हुसाडेक नेपाल धनकुटाको अध्यक्ष खेमराज थापा निर्वाचित

धनकुटा । मानव अधिकार सामाजिक सचेतना र विकास केन्द्र (हुसाडेक) नेपाल धनकुटाको  अध्यक्षमा खेमराज थापा निर्वाचित भएका छन् । ३२ औं साधारणसभा तथा १६ औं अधिवेशनले थापालाई अध्यक्षमा चयन गरेको हो । यस्तै उपाध्यक्षमा मुकुन्दप्रसाद अधिकारी, महासचिवमा रमेशचन्द्र अधिकारी, सचिवमा रोसी राई र कोषाध्यक्षमा कल्पी पौडेल चयन भएका छन् । सदस्यमा प्रमिला भुजेल र महाप्रसाद रिजाल चयन भएका छन् । अन्य चार जना सदस्य भने...
पाख्रीबास-सान्ने सडक खण्डमा काम गर्ने मजदुरले पाएनन् पारिश्रमिक

पाख्रीबास-सान्ने सडक खण्डमा काम गर्ने मजदुरले पाएनन् पारिश्रमिक

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका स्थित पाख्रीबास-सान्ने सडक स्तरोन्नतिको काममा खटिएका मजदुरहरूले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कामगरे बापतको पारिश्रमिक नपाउँदा आफूहरू समस्यामा परेको मजदुरहरूले गुनासो गरेका हुन् । सडकको ग्राभेल, मेसिनरी बाल जस्ता संरचना बनाउने काम सम्पन्न भएको छ । प्रदेश र नगरको साझेदारीमा १ करोड ३० लाखमा सडक स्तरोन्नतिको ठेक्का लागेर काम सम्पन्न भएको करिब एकवर्ष बित...
धनकुटाका सुरक्षा निकायलाई डढेलो नियन्त्रणका सामग्री हस्तान्तरण

धनकुटाका सुरक्षा निकायलाई डढेलो नियन्त्रणका सामग्री हस्तान्तरण

धनकुटा । डिभिजन वन कार्यालय धनकुटाले जिल्लाका तीनवटै सुरक्षा निकायलाई डढेलो नियन्त्रणका लागि आवश्यक उपकरण हस्तान्तरण गरेको छ । कोशी प्रदेश वन निर्देशनालयको सहयोगमा वन डढेलो व्यवस्थापन कार्यक्रम अन्तर्गत नेपाली सेनाको भीमदल गण, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको छिन्ताङ गुल्मलाई सामग्री उपलब्ध गराइएको हो । डिभिजनल वन अधिकृत सञ्जीवराज ढकालका अनुसार आगो नियन्त्रणका लागि प्रयोग हुने फायर...
पर्यटकीय क्षेत्रको पहिचान र विकासमा प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री पराजुली

पर्यटकीय क्षेत्रको पहिचान र विकासमा प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री पराजुली

धनकुटा । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले प्रदेशभित्रका पर्यटकीय क्षेत्रको थप पहिचान गरी आवश्यक पूर्वाधार विकासका कामलाई तीव्रता दिने बताएका छन् । धनकुटाको भेडेटारस्थित नाम्जेमा बुधबारदेखि सुरु भएको पाँच दिने ‘पर्यटन पत्रकारिता तालिम’ को उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले यस्तो बताएका हुन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना तथा पर्यटन कार्यालय ...
धनकुटामा राष्ट्रिय आर्थिक गणनाको तयारी तीव्र

धनकुटामा राष्ट्रिय आर्थिक गणनाको तयारी तीव्र

धनकुटा । आगामी वैशाख २ गतेदेखि सञ्चालन हुन लागेको ‘राष्ट्रिय आर्थिक गणना २०८२’ का लागि धनकुटामा तयारी तीव्र पारिएको छ । आर्थिक गणना कार्यालय, धनकुटाले जिल्लाका विभिन्न सरोकारवालाहरूसँग सचेतना गोष्ठी आयोजना गरी गणनाको विधि र प्रक्रियाबारे जानकारी गराएको हो । जिल्ला आर्थिक गणना अधिकारी खगेन्द्र पौडेलका अनुसार यो गणना वैशाख २ गतेदेखि सुरु भई असार ७ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय अभियानका रूपमा ...
error: Content is protected !!