संगालोखबर
साङ्केतिक तस्बिर : एआईको सहयोगमा

धनकुटा । धनकुटामा दोहोरो नागरिकता र दुईवटा राहदानी लिएको आरोपमा एक जना पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका-४ (साविक मुर्तिढुङ्गा-८) स्थायी घर भएका ४३ वर्षीय दोर्णराज काफ्लेलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

गलत उद्देश्य राखेर झुटा विवरण पेश गरेको, वास्तविक जन्ममिति लुकाई दोहोरो नागरिकता बनाएको तथा दुवै नागरिकताका आधारमा राहदानीसमेत लिएको भनी काफ्लेविरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ ।

Advertisement

सोही उजुरीका आधारमा बिहीबार उनलाई जिल्ला प्रशासन कार्यालयले प्रहरीको जिम्मा लगाएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!