धनकुटाको विश्रान्ति मन्दिरमा साउनको अन्तिम सोमबार श्रद्धालुको भीड
धनकुटा । आज साउन महिनाको अन्तिम सोमबार धनकुटाको विश्रान्ति मन्दिरमा श्रद्धालु भक्तजनको भीड लागेको छ । धनकुटा नगरपालिका–९ स्थित विश्रान्ति मन्दिरमा भक्तजनहरुले तमोर नदी र लेउती खोलाको संगम स्थलबाट जल ल्याएर चढाउने गरेका छन् ।
उक्त संगम स्थलबाट ल्याएको जल चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । विश्रान्तिमा बिहानैदेखि भक्तजनहरू जल लिएर बोलबम भजनसहित आएका थिए । मन्दिरमा धनकुटासहित कोशी प...































