संगालोखबर


धनकुटा । धनकुटामा बस दुर्घटना भएको छ । कोशी राजमार्ग अन्तरगत धरान–धनकुटा सडकखण्ड स्थित साँगुरीगढी-६ कोलबोटेमा भएको दुर्घटनामा २६ जना घाइते भएका छन् ।

आज धरानबाट धनकुटाको सान्नेतर्फ जाँदै गरेको को १ ख २७५५ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट ५० मिटर तल खसेको छ । प्रहरीका अनुसार घाइते मध्ये चार जनाको अवस्था गम्भीर छ ।

Advertisement

उनीहरूलाई उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!