संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका-७ श्रीवानी सब्जीलाइनबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छथरजोरपाटी गाउँपालिका-४ घर भई श्रीवानीमा कोठा भाडामा बस्दै आएका निर्मल विश्वकर्मा र धनकुटा-७ बस्ने विजय मल्लिक छन् ।

Advertisement

निर्मलको कोठामा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गएराती करिब ११ः३० बजे उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट खैरो हिरोइन, ट्रामनिल, स्पास्मोसहितको लागूऔषध बरामद भएको धनकुटाका प्रहरी निरीक्षक सुमन खड्काले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनीहरूको कारोबारका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!