संगालोखबर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-३ चानुवाका युवा राजकुमार थापाले जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई स्विटर प्रदान गरेका छन् । चानुवास्थित सरस्वती माध्यमिक विद्यालयका ९० जना विद्यार्थीहरूलाई थापाले स्विटर प्रदान गरेका हुन् ।

Advertisement

विद्यालयमा कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई स्विटर प्रदान गरिएको थापाले बताए । ‘जन्मदिनमा फजुल खर्च गर्नुभन्दा विद्यार्थीहरूलाई सहयोग गरौँ भन्ने लागेर स्विटर किनिदिएको हुँ,’ थापाले संगालोखबरसँग भने, ‘अब जाडो पनि सुरु हुन लाग्यो, विद्यार्थीहरूलाई पढ्न जादा चिसोले समस्या नबनाओस् भनेर सहयोग गरेको हुँ ।’

थापा, चानुवा स्वास्थ्य चौकीका प्रमुख पनि हुन् । उनकी श्रीमती मिना अधिकारी पनि सोही स्वास्थ्य चौकीकी नर्सिङ हुन् । उनीहरूले सो विद्यालयका वाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई करिब ४१ हजार मूल्य बराबरको स्विटर खरिद गरेर प्रदान गरेका हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!