संगालोखबर

धनकुटा । पहिरोमा परेर परिवारका सदस्य गुमाएका धनकुटाको पाख्रीवास नगरपालिका-५ गुराँसेका सन्तोष तामाङको परिवारलाई नेकपा एमालेले आर्थिक सहयोग गरेको छ । एमाले पाख्रीवास नगर सङ्गठन कमिटीले मङ्गलबार तामाङको परिवारलाई १ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरेको हो ।

Advertisement

एमाले नेताहरूले तामाङको घरमै पुगेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहयोग रकम प्रदान गरेका छन् । एमाले केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईले नगद हस्तान्तरण गरेका छन् । सो अवसरमा बोल्दै नेता राईले जनताको सुखदुःखमा एमाले सधैँ साथमा रहने धारणा राखे ।

अविरल वर्षाका कारण गत असोज १२ गते घर माथिबाट खसेको पहिरोले पुर्दा सन्तोषकी श्रीमती ३२ वर्षीया आशा तामाङ र आशाकी आमा ५० वर्षीया लक्ष्मीशोभा राई मृत्यु भएको थियो । अफ्ठेरोमा परेका बेला सहयोग पुर्याउन रकम प्रदान गरिएको एमाले पाख्रीवास नगर सङ्गठन कमिटी अध्यक्ष सिताराम राईले जानकारी दिए ।

भिडियो…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!