संगालोखबर
तस्बिर : एआईको सहयोगमा

धनकुटा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाउनेहरूको सम्झनामा धनकुटामा दीप प्रज्वलन गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय र कर्मचारी मिलन केन्द्र धनकुटाको संयुक्त आयोजनामा आज साँझ ६ बजे भीमनारायण चोकमा दीप प्रज्वलन गर्न लागिएको हो ।

भदौ १० गते आएको बाढीमा परेर दिवङ्गत हुने व्यक्तिहरूको सम्झनामा दीप प्रज्वलन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ । दीप प्रज्वलन कार्यक्रममा सहभागि हुन धनकुटाबासीलाई प्रशासनले अनुरोध गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!