संगालोखबर

धनकुटा । नेपाल निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा रमेश बस्नेत निर्वाचित भएका छन् । महालक्ष्मी कन्ट्रक्सनका बस्नेत ४८ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एवाई कन्स्ट्रक्सनका यज्ञबहादुर राईले ३३ मत प्राप्त गरेका छन् ।

प्रथम उपाध्यक्षमा दिल निर्माण सेवाका दिलकुमार राई ४९ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अस्मी एण्ड अमिसा कन्स्ट्रक्सनका मनोजकुमार राईले ३३ मत प्राप्त गरे ।

द्वितीय उपाध्यक्षमा साइमन कन्स्ट्रक्सनका सरन तामाङ निर्वाचित भए । उनले ४८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी श्याम कन्स्ट्रक्सनका गणेश गुरुङले ३३ मत ल्याए । महासचिवमा इष्‍ट विएन कन्स्ट्रक्सनका बलदीप राई र सचिवमा कास्टिङ कन्स्ट्रक्सनका चन्द्रसिंह नेम्वाङ निर्विरोध निर्वाचित भएका छन् ।

यता, कोषाध्यक्षमा राई निर्माण सेवाका सुवास राई ५६ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी टी एण्ड टी बन्धु कन्स्ट्रक्सनका टंकबहादुर राईले २५ मत पाए । सह-कोषाध्यक्षमा वि.वि. कन्स्ट्रक्सनका दिनेश राई निर्विरोध निर्वाचित भएका छन् ।

बाँकी ७ सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा अविनाश श्रेष्ठ, विष्णु पौडेल, राजकुमार कार्की, लक्ष्मण विश्वकर्मा, सुवन श्रेष्ठ, सुवास तामाङ र सुन्दर तामाङ निर्विरोध निर्वाचित भएका हुन् ।

शनिबारबाट सुरु भएको अधिवेशनमा पदाधिकारीका चार पदमा सहमति जुट्न नसकेपछि आइतबार मतदान गरेर टुङ्ग्याइएको निर्वाचन समिति संयोजक खगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

कुल ९६ मतदाता रहेको संघको निर्वाचनमा ८२ मत खसेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!