सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको भेडेटारबाट गाँजा र मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् । आज बिहान करिब ७ बजे बिक्रीका लागि लैजाँदै गरेको गाँजासहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

धनकुटाबाट धरानतर्फ जाँदै गरेको को २८ प ७२७७ नम्बरको मोटरसाइकलका चालक साँगुरीगढी-४ ज्यामिरेका अन्दाजी ४४ वर्षीय भीम बहादुर लिम्बु र सोही मोटरसाइकल पछाडि सवार फाक्सिब बस्ने अन्दाजी २३ वर्षीय सागर लिम्बु पक्राउ परेका छन् ।

यस्तै धरानतर्फ नै जाँदै गरेको प्रदेश १-०२-५८ प ६००९ नम्बरको मोटरसाइकलका चालक वीरबहादुर लिम्बु पनि पक्राउ परेका छन् । उनीहरूको साथबाट १५ किलो ६३ ग्राम गाँजा बरामद भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए ।

मोटरसाइकल र गाँजासहित पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ । उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!