सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परेर ज्यान गुमाएकाहरूको सम्झना गर्दै आज साँझ धनकुटामा दीप प्रज्वलनसहित विभिन्न कार्यक्रम गरिएको छ ।

बाढीमा ज्यान गुमाउनेहरूको आत्माको चीर शान्तिको कामनासहित भीमनारायण चोक र जिरो प्वाइन्टमा दीप प्रज्वलन तथा निशान भगवती मन्दिरमा गीतापाठ पारायण गरिएको हो ।

वैदिक सनातन धर्म संरक्षण, जिल्ला कार्य समिति र नगर कार्य समितिको संयुक्त आयोजनामा निशान भगवतीमा गीतापाठ गर्दै दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ । मन्दिर परिसरमा गरिएको दीप प्रज्वलनमा १५ भन्दा बढी पुरोहितहरूले गीतापाठ पारायण गरेका थिए ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय र कर्मचारी मिलन केन्द्रको संयुक्त आयोजनामा भीमनारायण चोकमा दीप प्रज्वलन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको जानकारी दिइन् ।

यता, जिरो प्वाइन्ट टोल विकास संस्थाले जिरो प्वाइन्टमा पनि दीप प्रज्वलन गरेको छ ।

तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!