संगालोखबर


ताप्लेजुङ । ताप्लेजुङमा साताव्यापी रेडपान्डा दिवस मनाइएको छ । विभिन्न कार्यक्रम आयोजना गर्दै १५ औँ अन्तर्राष्ट्रिय रेडपान्डा दिवस मनाइएको हो । रेडपान्डाको बासस्थान नजिकै रहेका विद्यालयहरूमा रेडपान्डा दिवस मनाएको हिमाली संरक्षण मञ्चले जनाएको छ ।

मञ्चका अनुसार भदौ १८ गतेदेखि २९ गतेसम्म फुङ्लिङ, फक्ताङलुङ, सिरिजङ्घा र पाथीभरा याङवरक गाउँपालिकासहितका विद्यालयमा कविता, निबन्ध, वक्तृत्वकला, हाजिरी जवाफ र आर्ट प्रतियोगिता आयोजना गरिएको थियो ।

Advertisement

ताप्लेजुङका दश वटा विद्यालयमा रेडपान्डा इकोक्लब सञ्चलनमा छन् । क्लबको सक्रियतामा रेडपान्डा संरक्षण र महत्वका विषयमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

हिमाली संरक्षण मञ्चका अनुसार विद्यार्थीलाई रेडपान्डा संरक्षणप्रति सचेत बनाउने उद्देश्यले विभिन्न प्रतिस्पर्धामूलक कार्यक्रम आयोजना गरिएको हो । जिल्लामा करिब ७७ देखि एक सय ३४ रेडपान्डा छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!