धनकुटामा स्रष्टासहित विभिन्न व्यक्तिलाई सम्मान
विराटनगर । नेपाल गर्गाचार्य विश्वभाषा पुस्तकालय धनकुटाले विभिन्न क्षेत्रमा योगदान पुर्याउने पाँच जना व्यक्तिसहित स्रष्टालाई सम्मान गरेको छ । शनिबार पुस्तकालयले एक कार्यक्रमकाबीच सम्मानपत्र, दोसल्ला र नगदसहित उनीहरूलाई सम्मान गरेको हो ।
लक्ष्मीकान्त देव्यकन्या रुक्मिणी स्मृति पुरस्कारबाट सुनसरीका पं. रेवतीप्रसाद घिमिरे सम्मानित भए । पूर्वीय दर्शनको श्रीवृद्धिको लागि योगदान पुर्याएको भन्दै नगद पा...