तीन पहिचानवादी नेताहरूले दिए उज्यालो नेपाल पार्टीबाट राजीनामा
विराटनगर । उज्यालो नेपाल पार्टीका तीन जना केन्द्रीय सदस्यहरूले राजीनामा दिएका छन् । कुलमान घिसिङ नेतृत्वको पार्टीबाट साधारण सदस्यसमेत नरहनेगरी उनीहरूले राजीनामा दिएका हुन् ।
पहिचानवादी नेताहरू डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजमले संयुक्तरूपमा राजीनामा दिएका हुन् । थेगिम पार्टीको समानुपातिक उम्मेदवार हुन् ।
पार्टीभित्रको आन्तरिक लोकतन्त्र अत्यन्त कमजोर रहेको, विचार, विधि र प्रक्रिय...




























