निर्वाचनमा एक्लै लड्न सक्ने तागत भएपनि संविधान रक्षाका लागि तालमेल आवश्यक: कोइराला
चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरूबीच तालमेल आवश्यक भएको बताएका छन्। सञ्चारकर्मीसँग शनिबार चितवनमा कुराकानी गर्दै उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताए।
‘सरकार पनि गठबन्धनको छ। गठबन्धनबाट निर्वाचन...






























