तेस्रो पटक प्रधानमन्त्री बने प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार साँझ दाहाललाई मुलुकको ४४ औं प्रधानमन्त्रीका रुपमा नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले दाहाललाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । नेकपा एमाल...































