अन्तरिम सरकारका थप चार मन्त्रीले लिए सपथ
काठमाडौं । अन्तरिम सरकारका नवनियुक्त थप चार मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई सपथ गराएका हुन् ।
पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् ।
सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रव...































