संगालोखबर


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिवर्तन गर्न आज सत्ता साझेदार दल नेपाली काँग्रेससँग छलफल गर्दै छन् । प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठक बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता साझेदार दुई दलका शीर्ष नेता सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले आफ्नै पार्टीबाट बनेका विवादित मन्त्रीहरू फेरबदल गर्न खोजेका हुन् ।

Advertisement

सत्ता साझेदार काँग्रेस भने अहिले आफ्ना मन्त्री फेर्ने मनसायमा देखिएको छैन । स्रोतका अनुसार एमालेबाट बनेका रक्षामन्त्री मानवीर राई, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी फेरिने सम्भावना छ ।

हाल मन्त्रिपरिषद्‌मा एमालेबाट प्रधानमन्त्रीसहित ९ जना मन्त्री छन् । बैठकमा प्रधानमन्त्री ओलीसहित उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल तथा काँग्रेसबाट सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी हुने बताइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!