संगालोखबर


विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले जिन्दगीमा एक पैसा पनि तलमाथि नगरेको बताएका छन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध भएको उल्लेख गरे ।

Advertisement

उनले नेकपा माओवादी केन्द्रसँग तत्काल पार्टी एकताका लागि नभइ सहकार्यको मात्रै कुरा भइरहेको बताए । उनले समाजवादी मोर्चालाई निरन्तरता दिने र दुई पार्टीबीचको सम्बन्धलाई विश्वासको जगमा बलियो बनाउने छलफल चलिरहेको उल्लेख गरे ।

उनले केपी शर्मा ओली र शेरबहादुर देउवा मिलेसम्म यो सरकार परिवर्तन नहुने बताए । नेपालले प्रधानमन्त्री ओलीका कारण देश पीडामा रहेको उल्लेख गर्दै सरकार सबै हिसाबले असफल रहेको दाबी गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!