
काठमाडौं । सरकारले असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले शोक दिवस मनाउने निर्णय गरेको हो ।
सो अवसरमा सरकारले असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई सहिद घोषणा गरिएको छ ।
यस्तै ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बताए । जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् ।

संगालोखबर 













