
धनकुटा । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) महालक्ष्मी नगर कमिटी अध्यक्षमा टंकी गुरुङ चयन भएकी छन् । धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुरमा भएको भेलाले गुरुङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति अध्यक्ष कुसुम श्रेष्ठ, अनेम संघ (क्रान्तिकारी) धनकुटा अध्यक्ष गिता गुरुङ खेवा र अनेम संघ (क्रान्तिकारी) प्रदेश सदस्य सानु कार्की बस्नेत उपस्थितिमा भएको भेलामा ४० जनाबढी महिलाहरू सहभागि थिए ।
राजनीति क्षेत्रमा महिलाको सक्रियता बढाउन आवश्यक रहेको जिल्ला समन्वय समिति अध्यक्ष श्रेष्ठले बताइन् । अनेम संघ (क्रान्तिकारी) को सातौं अधिवेशनलाई लक्षित गर्दै कार्यक्रम गरिएको प्रदेश सदस्य कार्कीले जानकारी दिइन् । अधिवेशन भदौ २८ देखि काठमाडौंमा हुँदैछ ।

संगालोखबर 













