संगालोखबर


काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयले निर्णय गरेको छ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गर्दै शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका हुन् ।

शोक दिवस मनाउने दिनको टुङ्गो मन्त्रिपरिषद्ले निर्णय गर्ने उनले बताए । आन्दोलनका क्रममा ज्यान गुमाएकाका परिवारलाई काजकिरिया खर्चबापत प्रतिपरिवार एक लाख रुपैयाँ उपलब्ध गराउने उनको भनाइ छ ।

Advertisement

यस्तै मृतकको शव घर-ठेगानासम्म पुर्‍याउने निर्णय भएको पनि मन्त्री अर्यालले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!