संगालोखबर


विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भदौ २४ गतेको आन्दोलन जेनजीको नभएर स्वार्थ समूहको भएको बताएका छन् ।

नेकपा एमाले विराटनगर महानगर कमिटीले आज विराटनगरमा आयोजना गरेको महानगर भेला कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

Advertisement

मुख्यमन्त्री कार्कीले नेपालको संविधान र सार्वभौमिकतामाथि आक्रमण भएको उल्लेख गर्दै जेनजीको भ्रष्टाचारविरुद्ध मागलाई एमाले पनि निरन्तर उठाइरहेको बताए । ‘पार्टी नेतृत्वले पनि कमीकमजोरी सच्याउनुपर्छ’, उनले भने, ‘आवश्यक परे अर्को नेतृत्व ल्याउन पनि तयार हुनुपर्छ ।’

एमाले सरकारमा रहँदा विकासका काम भएको मुख्यमन्त्री कार्कीको भनाइ थियो । कार्कीले प्राकृतिक सम्पदामाथि आक्रमण भइरहेको भन्दै स्वाधीन नेपाललाई परनिर्भर बन्न नदिन सबै सचेत हुनुपर्नेमा जोड दिए ।

संविधान मास्ने प्रयासले देशलाई अस्थिर बनाउने खतरा बढेको बताउँदै मुख्यमन्त्री कार्कीले यसलाई जोगाउन आवश्यक रहेकोमा जोड दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!