
विराटनगर । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने भएको छ । यस्तै मृत्यु भएकाहरूको परिवारलाई १०/१० लाख दिने निर्णय भएको छ । पदभार ग्रहण गरेसँगै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् ।
यस्तै प्रदर्शन क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गरिने पनि जानकारी दिइएको छ । प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ । त्यसमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदी र ३ जना प्रहरी कर्मचारी छन् ।
१३४ जना प्रदर्शनकारी र ५७ प्रहरी गरी १९१ जनाको उपचार भइरहेको छ । क्षतिको विवरण संकलनको काम पनि भइरहेको जनाइएको छ ।

संगालोखबर 













