
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी छन् । कार्कीले मुलुकको ४२ औँ प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेकी हुन् ।
शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।
आजै सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारी पनि कार्कीले गरेकी छन् ।

संगालोखबर 













