मदरसा शिक्षा बोर्ड गठन गर्न माग गर्दै मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मुस्लिम समाज मोरङले मदरसा शिक्षा बोर्ड गठन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । समाजका संयोजक साहेब अहमद (गुड्डु) नेतृत्वको टोलीले प्रदेशस्तरीय अधिकार सम्पन्न मदरसा शिक्षा बोर्ड गठन गर्न माग गर्दै आज ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा मोरङ, सुनसरी, उदयपुर, झापा, सप्तरीलगायत जिल्लामा करिब ३५० भन्दा बढी मदरसा तथा इस्लामी शिक्षण संस...






























