विवादका कारण तीन सातादेखि मन्त्रिपरिषद् बैठक ठप्प
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई उपप्रधानमन्त्रीको बरियताक्रम विवाद र प्रहरी महानिरीक्षक नियुक्तिमा अन्योलका कारण तीन सातादेखि मन्त्रिपरिषद् बैठक राख्न सकेका छैनन् ।
प्रधानमन्त्रीको चीन भ्रमणअघि चैत २ गते गते यता मन्त्रिपरिषद् बैठक बस्न नसकेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।
क्याबिनेट बैठक बस्न नसक्दा मन्त्रिपरिषद् कार्यालयमा निर्णयका लागि फाइलहरुको चाङ लागेको गोविन्द परिय...

