कान हाम्रो शरिरको अत्यन्त संवेदनशील अंग हो । कानलाई सफा राख्नुपर्छ । कानमा मैलो जम्नु र खोँट(कानेगुजी)हरु उत्पन्न हुनु सामान्य कुरा हो । फोहोर जम्ने ठाउँलाई हामी इयरबक्स पनि भन्नेगर्छौं ।

Advertisement

हामीले घरेलु तरिका अपनाएर कान भित्र रहेका फोहोरहरु तथा खोँटहरु सफा पार्न सक्छौं । कानभित्रको फोहोर कहिलेकाहिं निकै कडा भएर तपाईं डाक्टरकोमा पनि जानुहुन्छ । कानलाई लिएर हामी धेरै जोखिम उठाउन सक्दैनौं ।

कानको खोंट जेल जस्तै लुब्रिकेन्ट हुन्छ । जो मरेका सेल्सहरुले बनेको हुन्छ । यहाँ सानो रौं पनि मिसिएको हुन्छ । इयरबक्स कानको सुरक्षाको लागि पनि रहेको हुन्छ । यहाँ धेरै फोहोर जम्यो भने हामीले कम सुन्छौं । कहिलेकाहिँ यसैको कारण कानमा दुख्ने तथा संक्रमणको खतरापनि हुनसक्छ । यसले सुन्ने भागलाई बन्द गराइदिनसक्छ ।
यी घरेलु उपायबाट आफ्नो कान सफा राख्नुहोस् ।

१. कानभित्रको फोहोर सफा गर्ने पुरानो तरिका कानभित्र एक वा दुई थोपा बदामको तेल हालि उहि दिशामा टाउको ढल्काएर राख्नुहोस् । ५ मिनेटसम्म यसरी राख्नुभयो भने जमेको फोहोर लेदो बन्नेगर्छ र विस्तारै बाहिर निस्कने गर्छ ।

२. बदामको तेलमा तोरीको तेलपनि मिसाउन सक्नुहुनेछ । तर बदामको तेलको मात्रा अलि धेरै हुनुपर्छ । तेलको प्रयोगबाट तपाईंको कानमा रहेको जमेको फोहर पानी बनेर बाहिर निस्कनेछ ।

३. बदामको तेल र तोरीको तेल जस्तै बेबी तेलपनि प्रयोग गर्नसक्नुहुन्छ । तर तोरीको तेलमा बेबी तेल मिसाउँदा तोरीको तेलको मात्रा धेरै हुनुपर्छ । तेल प्रयोगगर्दापनि तपाईंको कानमा फाहोर निस्केन या दुख्यो भने चिकित्सकको मा जानुहोस् ।

४. कानमा रहेको फोहोर निकाल्न वा कान चिलाउँदा हामी सिन्का वा हाइड्रोजन पाराक्साइड प्रयोग गर्नु हुन्न । कान संवेदनशिल भएकाले घोँच्ने बस्तु प्रयोग गर्नुहुँदैन । हामीले हयरपिन जस्ता कानमा घोँच्ने वस्तुप्रयोग गर्दा कानको जालि विग्रने खतरा हुन्छ ।-पुर्वेली न्यूज

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!