काठमाडाैं । नेपालको बहुचर्चित क्याम्पस काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा फराकिलो मत अन्तर सहित अनेरास्ववियुको प्यानललै विजयी भएको छ । फागुन १८ गते रोकिएको निर्वाचन चैत्र २ गतेको सर्वोच्च अदालतको आदेश अनुसार मंगलबार भएको हो ।

Advertisement

चुनावमा एक हजार दुई सय ७६ मत खसेको छ । साँझ पाँच बजेसम्मको मतदानको समयभित्र तीन हजार ५ सय ८१ मतदाता मध्ये एक हजार दुई सय ७६ मात्र मत खसेको हो ।

१ हजार दुई सय ७६ खसेको मत मध्ये ६ सय ९९ मत प्राप्त गरि तपेन्द्र बहादुर शाही अध्यक्षमा प्यानल सहित निर्वाचित भएका हुन् ।निकटतम् प्रतिद्वन्दी नेबिसंघका उत्तम साउदले ३६७ मत प्राप्त गरेका छन् । माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) ले ५३ मत प्राप्त गरेको छ।

यसैगरी समानुपातिक तर्फ अनेरास्ववियुले ७ सय ७७ मत, नेविसंघले ३ सय ५० मत, सयुक्त प्यानलले ५२, नेक्राबिसंघले ५ र अनेरास्ववियु पाचौंले ४ मत प्राप्त गरेको छ ।

आरआर क्याम्पसमा अनेरास्ववियुका तर्फबाट अध्यक्षका प्रत्याशी शाहीले निर्वाचनको माग गर्दै रिट दायर गरेका थिए । अध्यक्ष पदका उम्मेदवार शाहीको रिट निवेदनमा सुनुवाइ गर्दै अदालतले घोषित निर्वाचन रोक्नुपर्ने कुनैे ठोस कारण नरहेकोे जनाएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले निर्वाचन गर्न २ चैतमा अन्तरिम आदेश दिएको हो ।

गत १८ फागुनमा त्रिविले तोकेको मितिमा स्ववियु निर्वाचन नभएपछि २३ फागुनमा निर्वाचन गर्ने मिति आरआर क्याम्पसले तोकेको थियो । तर, स्थानीय तहकाे निर्वाचन आचारसंहिताले रोक लगाएको भन्दै स्ववियु निर्वाचन स्थगित भएको थियो ।

अाज भएकाे निर्वाचनमा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) लगायत केही विद्यार्थी संगठनले भने बहिष्कारको घोषणा गरेका थिए । क्रान्तिकारीका अध्यक्ष नरेन्द्र बस्नेतले आफ्नो संगठन सहित १० संगठनले बहिस्कार गरेको दाबी गरेका छन् । नयाँपेजबाट

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!