काठमाडौं । आगामी स्थानीय चुनावले देशभरका ६८८० वडाका वडाध्यक्ष चयन गर्नेछ । तर, धेरैको ध्यान भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको मेयर र उपमेयरमा मात्र गएको देखिन्छ ।

Advertisement

स्थानीय सरकार गठनका लागि पहिलोपटक चुनाव हुन लागेकाले पदाधिकारीहरुको जिम्मेवारीबारे अन्यौल कायम छ । मतदातालाई मात्र होइन, उम्मेदवार बन्न चाहनेहरुलाई पनि यो उक्त पदको जिम्मेवारी थाहा नहुनसक्छ ।

यसै सर्न्दभमा हामीले वडाध्यक्षको कम, कर्तव्य र अधिकार के हो भनेर यहाँ प्रस्तुत गरेका छौंः

हरेक वडा अध्यक्ष सम्वन्धित गाउँकार्यपालिका वा नगरकार्यपालिकाको स्वत सदस्य हुनेछन् । अर्थात उनीहरु त्यो गाउँपालिकाको कार्यकारी निकायका सदस्य हुन् ।

केन्द्र सरकारमा मन्त्रीको भूमिका जस्तै हरेक वडा अध्यक्षले आफ्नो गाउँपालिकाभित्र कार्यकारी अधिकार पाउनेछन् । जस्तै एउटा वडा अध्यक्षलाई गाउँपालिका प्रमुखले आफ्नो सरकार अन्तर्गत शिक्षा क्षेत्र हेर्ने जिम्मा दिन सक्छ, अर्कोलाई खानेपानी, अर्कोलाई सिंचाइ, अर्कोलाई कृषि । यसरी मन्त्रालयको भूमिकामा हरेक वडा अध्यक्षले उनीहरुले जिम्मेवारी पाउँनेछन् ।

संविधानले नै हरेक गाउँकार्यपालिका/नगरकार्यपालिकाले आफ्नो कार्यविभाजन र कार्यप्रक्रिया नियमावली बनाउनु पर्ने व्यवस्था गरेको छ । त्यसरी कार्यविभाजन नियमावली बनाउँदा गाउँपालिकाका सदस्यहरु अर्थात वडा अध्यक्षहरुलाई कामको जिम्मेवारी पनि तोकिनेछ ।
हरेक वडालाई सेवाकेन्द्रको रुपमा राखिएको छ । त्यो वडाले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउने जिम्मेवारी पनि वडा अध्यक्षकै हुन्छ । तर, वडाको आर्थिक विकासमा वडा अध्यक्षको पूर्ण अधिकार हुन्छ भन्ने बुझाइ गलत हो । किनकि वडा अध्यक्षले आफैँ वडामा शासन गर्दैन । त्यहाँको सेवा प्रभावकारी बनाउने भूमिका हुन्छ र त्यसका लागि वडा सदस्यहरुको सहयोग लिन सक्छ ।

यस्तै वडा अध्यक्षहरु स्वतः गाउँसभाका सदस्य हुन्छन् । गाउँसभाका सदस्यहरु भनेको गाउँपालिकाको सांसद हुन् । आफ्नो गाउँपालिका वा नगरपालिकाको कानुन बनाउने काममा वडा अध्यक्ष वा गाउँसभाका सदस्यहरुको भूमिका हुन्छ ।

गाउँपालिका प्रमुख उपप्रमुखले ल्याएका योजना, नीति तथा बजेट फेल गराउने र पास गराउने काम समेत यसै गाउँसभाका सदस्य अर्थात वडा अध्यक्षहरुले गर्नेछन् ।

यसैगरी उनीहरुको अर्को निर्वाचन गर्ने भूमिका पनि हुन्छ । त्यो भनेको गाउँसभामा वडाका महिला सदस्यहरुबाट जम्मा चार जना र नगरसभामा वडाका महिला सदस्यहरुबाट ५ जना सदस्य चयन गर्नु पर्ने हुन्छ । यस्तै दलित तथा अल्पसंख्यक सदस्यहरुबाट पनि गाउँकार्यपालिकामा २ र नगर कार्यकापालिकामा ३ सदस्य वडा सदस्यहरुबाट गर्नुपर्ने हुन्छ ।

त्यो निर्वाचित गर्ने काम पनि गाउँसभाका सदस्यहरु अर्थात वडाध्यक्ष र सदस्यहरुले गर्छन् ।-अनलाइन खवर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!