काठमाडाैं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन प्रचार-प्रसार अभियानमा पार्टीका शीर्ष नेताहरुलाई गाउँ तहसम्मै सहभागी गराउने भएको छ ।

Advertisement

निर्वाचन परिचालन समितिको शुक्रबार बसेको बैठकले स्थानीय तहमा आयोजना हुने सबै जनसभामा पार्टी सभापतिसहित शीर्ष नेताहरुलाई सहभागी गराउने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलो पटक बसेको निर्वाचन परिचालन समितिको बैठकले गाउँ तहसम्मकै निर्वाचनको प्रचार प्रसार अभियानको नेतृत्व सम्बन्धित क्षेत्रका केन्द्रीय कार्यसमिति सदस्यले नै गर्ने निर्णय पनि गरेको छ ।

कांग्रेसले स्थानीय तहको निर्वाचनलाई परिचालन गर्न पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको परिचालन समिति गठन गरेको थियो ।

समितिले देशभरका सबै स्थानीय तहमा जनसभा आयोजना गर्ने र त्यसको तयारीको काममा पार्टी केन्द्रीय सदस्य आफैं सहभागी हुने व्यवस्था मिलाएको छ । स्थानीय तहको निर्वाचन प्रचार अभियानमा पार्टीका शिर्ष नेताहरुलाई नै गाउँ तहसम्म सहभागी गराउने निर्णय लिइएकेा पार्टी नेता एवम् रक्षा मन्त्री बालकृष्ण खाँडले जानकारी दिए ।

बैठकले ७ सय ४४ वटै स्थानीय तहमा चुनावी सभा आयोजना गर्ने निर्णय पनि गरेको छ । कांग्रेसले स्थानीय पार्टी समितिले नै सम्बन्धित तहको उम्मेदवार तय गर्ने कार्यविधि तय गरिसकेको छ । । साथै गरी पार्टीको निर्वाचन घोषणा पत्र तयार गर्न नेता महेश आचार्य नेतृत्वको घोषणा पत्र तयारी समिति पनि बनाएको छ ।-अनलाइन खवर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!