जाजरकोट । जाजरकोटमा मंगलबार साँझ कांग्रेस नेता रविन्द्र शमसेर शाहको हत्या भएको छ । भेरी नगरपालिका– ३ थाप्लेका साहको हत्या भएको हो । नेविसंघका पूर्वकेन्द्रीय सदस्य शाहलाई ७–८ जनाको अपरिचित समूहले ढुंगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

३६ वर्षीय शाह पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्षसमेत हुन् । उनीसँगै रहेका हिटलरसिंह राठौर भने भागेर बाँचेका छन् । हत्याको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!