काठमाडौं । निर्वाचन आयोग घेराउ गर्न पुगेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छन् ।

Advertisement

प्रहरीले भट्टराईसँगै हिसिला यमी, परशुराम तामाङ, गंगा चौधरीका साथै बैद्य माओवादीका नेता सीपी गजुरेल लगायतलाई पनि पक्राउ गरेको छ ।

दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलका नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय बहादुरभवनमा धर्ना दिन पुगेका थिए । भट्टराईसहितका नेताहरु जुलसससहित अयोगतर्फ अघि बढेका प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई ट्रकमा हालेर अहिले प्रहरी कार्यालयतर्फ लगिएको नयाँ शक्तिका नेता विश्वदीप पाण्डले बताए । नेताहरुलाई अहिले नेपाल प्रहरी २ नं. गण, महाराजगञ्जमा राखिएको छ ।

स्थानीय तह निर्वाचन ऐन अनुसार निर्वाचन आयोगले संसदमा भएका दलहरुलाई मात्र दलीय चुनाव चिन्ह दिएको छ । अरु दलका उम्मेदवारले भने दलीय चुनाव चिन्ह पाउने छैनन् । स्वतन्त्र हैसियतमा चुनाव लड्नु पर्नेछ ।-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!