केही समयअघि ऋतिक रोशनको फिल्म ‘काबिल’सँग भिड्नुपर्दा शाहरुख खानको फिल्म ‘रइस’लाई धक्का पुगेको थियो । उनै शाहरुखले अब अर्का ठूला स्टार अक्षयकुमारसँग भिड्नुपर्ने भएको छ ।

अक्षयकुमारको फिल्म ‘ट्वाइलेट एक प्रेमकथा’ को रिलिज डेट परिवर्तन भएको छ । यो फिल्म अब ११ अगष्टमा रिलिज हुनेछ । पहिले यो फिल्म २ जूनमा रिलिज हुने भनिएको थियो ।

११ अगष्टमा नै इम्तियाज अलीले आफ्नो फिल्मको लागि बक्स अफिस बुक गरिसकेका छन् । यो फिल्ममा शाहरुख खान र अनुष्का शर्मा छन् । यसबाट शाहरुख र अक्षयको बक्स अफिस भिडन्त पक्का भएको हो ।

इम्तियाज अलीले आफ्नो फिल्मको नामसमेत अहिलेसम्म सार्वजनिक गरेका छैनन् । जबकि अक्षयकुमारको फिल्मको लगभग सबै काम सकिएको छ । यस फिल्ममा अक्षयका साथमा भूमि पेडनेकर पनि देखिनेछिन् । यो एउटा सामाजिक विषयवस्तुमा बनेको फिल्म हो । अब हेर्नुछ, शाहरुखले आफ्नो फिल्मको रिलिज डेट पछि सार्छन् कि अक्षयसँग भिडन्तको तयारी गर्छन् ।- अनलाइनखवर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!