३९ प्रतिशत नेपालीमा मोटोपनको समस्या

३९ प्रतिशत नेपालीमा मोटोपनको समस्या

मोटोपनको समस्या बर्सेनि बढ्दै – नेपालमा मोटोपनको समस्या बढ्दै गएको पाइएको छ । पछिल्लो समय गरिएको अध्ययनले देशका ३९ प्रतिशत मानिस मोटोपनको सिकार बनेका देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ मा उल्लेख भएअनुसार हरेक वर्ष नेपालमा मोटोपनको समस्या बढिरहेको छ । सर्वेक्षणले पुरुषमा भन्दा मोटोपनको समस्या महिलामा बढी देखाएको छ । नेपाल डेमोग्राफी हेल्थ सर्वेका नेपाल निर्देशक योगेन्द्र...
वुधुक माविको शैक्षिक गुणस्तर सुधार गर्न सीसी क्यामेरा जडान

वुधुक माविको शैक्षिक गुणस्तर सुधार गर्न सीसी क्यामेरा जडान

धनकुटा, ५ पुस । धनकुटाको चौविसे गाउँपालिका–७ मौनावुधुकको वुधुक माध्यमिक बिद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सीसी क्यामेरा जडान गरिएको छ । अध्ययन, अध्यापनलाई निगरानी गरि शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयले प्रत्येक कक्षा कोठामा सीसी क्यामेरा जडान गरेको हो । एक लाख ९५ हजारको लागतमा १६ वटा सीसी क्यामेरा जडान गरिएको विद्यालयका शिक्षक पुर्ण कुमार योङहाङ्गले बताए । विद्यालयमा सीसी क्यामेरासहित फि...
धनकुटा नगरका पाँच बिद्यालयमा बालअधिकार शान्ति शिक्षा कार्यक्रम

धनकुटा नगरका पाँच बिद्यालयमा बालअधिकार शान्ति शिक्षा कार्यक्रम

धनकुटा, ५ पुस । धनकुटा नगरपालिका क्षेत्रका पाँच बिद्यालयमा वालअधिकार शान्ति शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । यसबर्ष धनकुटा–२ भीरगाउँको श्रीमान टंक माध्यमिक बिद्यालय, ५ को सल्लेरी आधारभुत बिद्यालय, ७ को त्रिवेणी माध्यमिक बिद्यालय, ८ को देउराली आधारभुत विद्यालय र ९ को देउराली माध्यमिक बिद्यालयमा कार्यक्रम सञ्चालन गरिएको हो । सामुदायिक बिकास मञ्च धनकुटा र मानव अधिकार मञ्च ईलामको साझेदारीमा कार्यक...
धनकुटामा प्रादेशिक राजधानी माग्दै उर्लियो जनसागर (भिडियोसहित)

धनकुटामा प्रादेशिक राजधानी माग्दै उर्लियो जनसागर (भिडियोसहित)

धनकुटा, ५ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणा गर्न माग गर्दै बुधबार बृहत जनप्रदर्शन गरिएको छ । ६ दिनयता जारी प्रदर्शनमा सहभागिको संख्या दैनिक बढ्दै गएको छ । बुधबार स्वतस्फुर्त रुपमा बजार पसल बन्द गरी धनकुटाबासी जुलुशमा सहभागि भएका थिए । १ बजेदेखि सुरु भएको ¥यालीमा सहभागि हुँन मध्यान्हदेखिनै बजार पसल बन्द गरी हजारौंको संख्यामा जिल्लाबासी सडकमा उत्रिएका थिए । धनकुटालाई प्रादेशिक राजधानी...
लाङटाङ खुसी हुँदा थामिएन ओलीको मन, ओलीसहित बरिष्ठ नेताहरु यसरी नाचे

लाङटाङ खुसी हुँदा थामिएन ओलीको मन, ओलीसहित बरिष्ठ नेताहरु यसरी नाचे

रसुवा, ५ पुस । प्राकृतिक रूपमा अति सुन्दर लाङटाङमा तीन वर्षदेखि गहिरो शोकमा थियो । एकाबिहानै लाग्ने घामले टलक्क टल्किँदै हिमाल खुल्थ्यो । तर, लाङटाङवासीको मन भने कहिल्यै खुल्न सकेन । उनीहरूको मनमा घरीघरी आफन्त गुमाएको पीडा छाइनै रह्यो । ०७२, १२ वैशाखमा गएको महाभूकम्पले लाङटाङको ऊर्जा अनि खुसी सदाका लागि खोसेर लगेको थियो । त्यस दिन लाङटाङमा एक सय ७५ नेपाली नागरिकसहित पाँच सय मानिस एकै चिहान बनेका ...
प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको वरीयता क्रम तोक्ने तयारी

प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको वरीयता क्रम तोक्ने तयारी

काठमाडौं, ५ पुस । सरकारले प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा सांसदलाई समेटेर नयाँ वरीयता क्रम निर्धारण गर्ने तयारी गरेको छ । यसअघि निर्धारण गरिएका वरीयता क्रममा उनीहरूलाई समेटिएको थिएन । गृह मन्त्रालयले नयाँ वरीयता क्रमको मस्यौदा तयार भइसकेको जनाउँदै अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गर्ने जानकारी दिएको छ । गृह मन्त्रालयका सहसचिव हरिशरण पुडासैनीले वरीयता क्रमको मस्यौदा तयार भएको बताए । ‘प...
प्रदेश राजधानी बनाउँदा यस्तो अपनाउँनुपर्छ मापदण्ड

प्रदेश राजधानी बनाउँदा यस्तो अपनाउँनुपर्छ मापदण्ड

काठमाडाैं । प्रदेश राजधानीका लागि नयाँ सहरको विकास गर्नु उचित हुने विभिन्न अध्ययन तथा अन्य देशको अनुभवले देखाएको छ । अहिले प्रदेश राजधानीका लागि प्रचारमा ल्याइएका कुनै पनि सहर राजधानी बन्नका लागि आवश्यक सबै मापदण्ड पुगेको नभएकाले त्यसका लागि नयाँ सहर नै बनाउनुपर्ने आवश्यकता देखिएको हो । केन्द्रीयता : प्रदेशको राजधानी सम्बन्धित प्रदेशको केन्द्रमा हुनुपर्छ, ता कि सबै क्षेत्रका मानिसलाई राजधानी आउ...
१५ दिनको अवधिमा तीन पटक बढ्यो इन्धनको मुल्य, कति पुग्यो अव  ?

१५ दिनको अवधिमा तीन पटक बढ्यो इन्धनको मुल्य, कति पुग्यो अव ?

  काठमाडौं, ५ पुस। नेपाल आयल निगमले १५ दिनको अन्तरमा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो । यसअघि निगमले मंसिर २२ मा इन्धनको मूल्य समायोजन गरेको थियो । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्ट...
तुलसीमेहरलाई प्रथम अन्तर विद्यालय क्रिकेटको उपाधी (फोटो फिचरसहित)

तुलसीमेहरलाई प्रथम अन्तर विद्यालय क्रिकेटको उपाधी (फोटो फिचरसहित)

धनकुटा, ४ पुस । तुलसीमेहर मेमोरियल ईङ्लिस बोडिङ स्कुलले धनकुटामा सञ्चालित प्रथम अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । धनकुटाको तल्लो टुडिखेलमा मंगलबार भएको फाईनलमा त्रिवेणी माध्यमिक बिद्यालयलाई ६३ रनले पराजित गर्दै तुलसीमेहरले उपाधी चुमेको हो । टस जितेर ब्याटिङ रोजेको तुलसीमेहरले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर १ सय २३ रनको योगफल बनाएको थियो । तुलसीका लागि निकेसवावु महतले सर्वाध...
प्रहरी र म्यादीबीच झडप, सात म्यादी प्रहरी घाइते

प्रहरी र म्यादीबीच झडप, सात म्यादी प्रहरी घाइते

चरिकोट, ४ पुस । खाना र पारिश्रमिकमा विभेद गरिएको भन्दै दोलखाका म्यादी प्रहरी आन्दोलित भएका छन् । प्रहरी मेसमा तोकिएको दरभन्दा खानाको शुल्क बढी लिएको, पारिश्रमिकमा समेत विभेद गरेको भन्दै दोलखामा कार्यरत सात सय ५५ म्यादी प्रहरी आन्दोलनमा उत्रिएका हुन् । निर्वाचन सुरक्षाका लागि खटिए पनि आफूहरूलाई मजदुरसरह काम लगाइएको आरोप म्यादी प्रहरीको छ । सोमबार जिल्ला प्रहरी कार्यालयपरिसर चरिकोटमा आन्दोलन गरिरहे...
प्रदेश प्रमुख र राजधानी तोक्न किन भईरहेको छ ढिलाइ ?

प्रदेश प्रमुख र राजधानी तोक्न किन भईरहेको छ ढिलाइ ?

राजधानी मात्र तोकेर अपजस लिन सरकार चाहँदैन, प्रदेश प्रमुख तोक्न वाम गठबन्धनले दिँदैन – प्राविधिकभन्दा राजनीतिक स्वार्थ हावी हुँदा प्रदेश प्रमुख र प्रदेशको सदरमुकाम तोक्न ढिलाइ भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले २५ मंसिरमा प्रदेश प्रमुख र सदरमुकाम तोक्ने तयारी गरे पनि निर्वाचनपछि वाम गठबन्धनले सरकारलाई प्रदेश प्रमुख नतोक्न दबाब दिइरहेको छ। प्रधानमन्त्री देउवा प्रदेश मुकाम मात्रै तोकेर अपज...
धनकुटामा यस्तो देखियो बन्दको प्रभाव (भिडियोसहित)

धनकुटामा यस्तो देखियो बन्दको प्रभाव (भिडियोसहित)

धनकुटा, ३ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै जिल्लाबासीले आवहन गरेको आमहड्तालका कारण सोमबार दिनभर धनकुटाको जनजीवन प्रभावित भएको छ । आन्दोलन संघर्ष मूल समितिको आवहनमा यातायात, बजारपसल, शिक्षणसस्था, उद्योगधन्दा लगायत सम्पुर्ण ठप्प हुँदा जनजीवन प्रभावित बनेको हो । आमहड्तालका कारण दिनभर लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन सञ्चालन नहुँदा यात्रुको विचल्ली भयो । बन्दकर्ताले मो...
पूर्वी पहाडी जिल्लाबासी भन्छन ‘राजधानी धनकुटा नै ठिक, बन्द गर्नु बेठिक’ (भिडियोसहित)

पूर्वी पहाडी जिल्लाबासी भन्छन ‘राजधानी धनकुटा नै ठिक, बन्द गर्नु बेठिक’ (भिडियोसहित)

धनकुटा, ३ पुस । धनकुटालाई प्रादेशिक राजधानी माग गर्दै सोमबार गरिएको बन्दका क्रममा रोकिएर बसेका पूर्वी पहाडी जिल्लाका यात्रुहरुले धनकुटा नै प्रादेशिक राजधानीका लागि उपयुक्त भएपनि बन्द गरेर जनतालाई सास्ती दिनु बेठिक भएको प्रतिक्रिया दिएका छन् ।संगालोखबरले सोमबार दिउँसो गरेको कुराकानीमा उनीहरुले यस्तो बताएका हुन् । छिमेकी जिल्लाका यात्रुहरुको मनसाय बुझ्नका लागि संगालोखबरले उनीहरुको प्रतिक्रिया लिएको...
धनकुटामा राजधानी माग्दै गरिएको आमहड्तालले दिनभर जनजीवन प्रभावित (फोटो फिचरसहित)

धनकुटामा राजधानी माग्दै गरिएको आमहड्तालले दिनभर जनजीवन प्रभावित (फोटो फिचरसहित)

धनकुटा, ३ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै जिल्लाबासीले आवहन गरेको आमहड्तालका कारण सोमबार दिनभर धनकुटाको जनजीवन प्रभावित भएको छ । आन्दोलन संघर्ष मूल समितिको आवहनमा यातायात, बजारपसल, शिक्षणसस्था, उद्योगधन्दा लगायत सम्पुर्ण ठप्प हुँदा जनजीवन प्रभावित बनेको हो । आमहड्तालका कारण दिनभर लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन सञ्चालन नहुँदा यात्रुको विचल्ली भयो । बन्दकर्ताले मो...
धनकुटामा टायर बालेर प्रदर्शन (भिडियोसहित)

धनकुटामा टायर बालेर प्रदर्शन (भिडियोसहित)

धनकुटा, ३ पुष । धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाईनुपर्ने माग राख्दै आमहड्ताल आवहन गरेका जिल्लाबासीले सोमबार बिभिन्न स्थानमा प्रदर्शन गरेका छन् । यसैक्रममा धनकुटा–६ आत्मारा ढाट स्थित कोशी राजमार्गमा दिउँसो टायर बालेर प्रदर्शन गरिएको छ । गाडी बन्द गराउँन सडकमा निश्किएका युवाहरुले टायर बालेर राजधानीको मागसहित प्रदर्शन गरेका हुन । बिहानैदेखि सडकमा उत्रिएका बन्दकर्ताले धनकुटा–७ स्थित जीरो ...
धनकुटा नै प्रादेशिक राजधानी किन ? यस्ता छन आधारहरु

धनकुटा नै प्रादेशिक राजधानी किन ? यस्ता छन आधारहरु

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सकिएपश्चात अहिले प्रादेशिक राजधानीको चर्चा चुलिएको छ । १ नम्बर प्रदेशको राजधानी कहाँ बन्छ भन्ने बिषयमा पनि सर्वत्र चासो छ । प्रशासनीक गौडा हुँदै यसअघि पूर्वाञ्चल बिकासक्षेत्रको सदरमुकामसमेत रहेको धनकुटालाईनै प्रादेशिक राजधानी बनाईनुपर्ने मागसहित धनकुटामा आन्दोलन पनि भईरहेको छ । धनकुटालाई नै प्रादेशिक राजधानी बनाउँनुपर्ने आधारहरु यस्ता छन :- १ ऐतिहासिक आधार : वि...
प्रादेशिक राजधानी माग गर्दै धनकुटा बन्द

प्रादेशिक राजधानी माग गर्दै धनकुटा बन्द

धनकुटा, ३ पुस । प्रादेशिक राजधानीको माग गर्दै आज धनकुटा बन्द आवहन गरिएको छ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै बिभिन्न दवावमूलक आन्दोलन गर्दै आएका जिल्लाबासीले बन्द आवहन गरेका हुन् । आन्दोलन संघर्ष मूल समितिको आवहनमा यातायात, बजारपसल, उद्योग धन्दा लगायत बन्द भएका छन् । प्रादेशिक राजधानीका लागि हरेक हिसावले धनकुटा उपयुक्त भएरपनि सरकारले राजधानी तोक्न आनाकानी गरेको भन्दै धनकुटामा ...
धनकुटा अस्पतालमा अत्याधुनिक भिडियो एक्सरे

धनकुटा अस्पतालमा अत्याधुनिक भिडियो एक्सरे

धनकुटा, २ पुस । धनकुटा जिल्ला अस्पतालमा पहिलो पटक अत्याधुनिक भिडियो एक्सरे सेवा सुरु भएको छ । विगतमा सामान्य स्तरको भिडियो एक्सरे सेवा उपलब्ध हुँदै आएको भएपनि अहिले अत्याधुनिक भिडियो एक्सरे सेवा सुरु गरिएको हो । सामान्य स्तरको एक्सरे सञ्चालन गर्दा सेवाग्राहिबाट असहज भएको गुनासो आएसंगै अत्याधुनिक सेवा थालिएको अस्पतालका वरिष्ट मेडिकल सुपरिटेन्डेन्ट तथा जिल्ला स्वास्थ्य प्रमुख डाक्टर फणिन्द्र बरालले...
धनकुटेलीद्वारा क्षेत्रीय प्रशासनमा धर्ना

धनकुटेलीद्वारा क्षेत्रीय प्रशासनमा धर्ना

धनकुटा, २ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै जिल्लाबासीले आज क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना दिएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । राजधानी घोषणाको माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएका धनकुटेलीले एक घण्टा क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना दिएका हुन । मदनचौकबाट सयौंको संख्यामा निश्किएका जिल्लाबासीले राजधानी घोषणा गर्न दवावमूलक नारा लगाउँदै बजारका बिभिन्न भागको परि...
सिंहदरबारबाटै सरकारी गाडीको टायर चोरी

सिंहदरबारबाटै सरकारी गाडीको टायर चोरी

काठमाडौं, २ पुस । सिहदरबार देशकै सबैभन्दा बढी सुरक्षित स्थान मानिन्छ । तर, पछिल्ला दिनमा त्यही सिंहरदरबारमा चोरीका घटना बढेको छ । कहिले ल्यापटप हराउँछ र कहिले मोबाइल । तर, अब गाडीको टायर पनि चोरी भएको छ । स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको बा१झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीका चारवटै टायर चोरी भएको हो । गाडीका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार शाखाका प्रमुख गुरुप्रसाद शर्मालाई घर ...
साउदीका महिलाले ट्रक र मोटरसाईकल चलाउन पाउने

साउदीका महिलाले ट्रक र मोटरसाईकल चलाउन पाउने

रियाद, २ पुस । साउदी अरबको ट्राफिक कार्यालयले महिलाहरुलाई पनि ट्रक र मोटरसाईकल चलाउन पाउने व्यवस्था शुक्रबार गरेको छ । देशले औपचारिक रुपमा यस्तो व्यवस्था आउदो बर्षको मध्यतिर गर्ने भएको स्थानीय एक पत्रिकाले लेखेको छ । साउदी अरबका राजा सल्मान बिन अब्डुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलाहरुलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिए । यसअगाडी साउदीमा महिलाहरुलाई कुनै पनि सवारी साधान चलाउन नपा...
केटीहरुले किन अग्लो केटा मन पराउँछन ? अध्ययनले पत्ता लगाएको यस्ता छन ५ कारण

केटीहरुले किन अग्लो केटा मन पराउँछन ? अध्ययनले पत्ता लगाएको यस्ता छन ५ कारण

दक्षिण कोरियाको एक विश्वविद्यालयमा गरिएको एक अध्यनका क्रममा स्त्री र पुरुषको उचाइमा विविधता भएमा उनीहरुको सम्बन्ध राम्रो हुने देखाएको छ । लम्बाइको फरक हुने केटा र केटीबीचको सम्बन्ध उचाइ बराबर हुने केटा केटीको तुलनामा राम्रो हुने अध्यनको निष्कर्ष छ । केटीहरुलाई अग्ला केटा मन पर्ने र उनीहरुको सम्बन्ध टिकाउ समेत हुने पनि अध्यनले देखाएको छ । केटीहरु किन मन पराउँछन् अग्ला केटा ? १- केटीहरुले अग्ला...
पशुपतिको बाँदरले म्याग्दीका किसान हैरान

पशुपतिको बाँदरले म्याग्दीका किसान हैरान

म्याग्दी, २ पुस। पश्चिम नेपालको पशुपतिनाथका नामले परिचित म्याग्दीको गलेश्वरधाम क्षेत्रको पश्चिमतर्फ रहेको सल्लेरीको जंगलमा काठमाडौँको पशुपतिनाथ परिसरबाट ल्याएर छोडिएका बाँदरको बिगबिगी बढेपछि कृषकलाई समस्या भएको छ । बेनी नगरपालिका वडा नं ९ मा पर्ने सल्लेरीको जंगलमा विगत केही वर्षयता अप्रत्यासितरुपमा बाँदरको संख्यामा वृद्धि भएपछि स्थानीय कृषकले लगाएको अन्नबाली सखाप पार्नुका साथै गलेश्वर शिवालय क्...
सोलुखुम्बुमा आगलागीबाट ७० लाख वरावरको क्षति

सोलुखुम्बुमा आगलागीबाट ७० लाख वरावरको क्षति

सोलुखुम्बु, २ पुस। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका– ८ बागमको एक घरमा आगलागी हुँदा करिब रु ७० लाख बराबरको क्षति भएकोे छ । स्थानीय तेण्डी शेर्पाको घरमा शनिबार ग्यास लिक भएर आगलागी हुँदा क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगलागीबाट रु एक लाख ५० हजार नगदसहित शेर्पाको ढुङ्गा माटोले बनेको तीनतले घर, घरमा भएको सुनचाँदी कासा तामालगायत सम्पूर्ण धनमाल जलेर नष्ट भएको जिल्ला प्र...
चिसोले कठ्याङग्रिएर एक जनाको मृत्यु

चिसोले कठ्याङग्रिएर एक जनाको मृत्यु

कपिलवस्तु, २ पुस। कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा जाडोले कठ्याङग्रिएर एक जनाको मृत्यु भएको छ । दुई दिनअघिदेखि बढेको अत्यधिक जाडोका कारण चन्द्रौटाको फफुरी कम्पलेक्स अगाडि परिचय नखुलेको दाह्री पालेका अन्दाजी करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । करिब तीन, चार महिनादेखि चन्द्रौटामा मागेर खाने सडकको पेटीमा रात बिताउँदै आएका मानसिक सन्तुलन बिग्र...
भेडेटारमा छैठौ ‘फुड फेष्टिवल’ हुँने

भेडेटारमा छैठौ ‘फुड फेष्टिवल’ हुँने

धनकुटा, १ पुस । धनकुटाको भेडेटारमा आगामि पुस १६ गतेदेखि छैठौ भेडेटार फुड फेष्टिवल अर्थात खाना महोत्सव हुँने भएको छ । हरेक अंग्रेजी नयाँ वर्षको अवसरमा हुँदै आएको फेष्टिवल यो बर्ष पनि हुँन लागेको हो । आयोजक होटल एशोसिएसन भेडेटारले शनिवार पत्रकार सम्मेलन गरी पुस १६ देखि १८ गतेसम्म तीन दिने फेष्टिवल आयोजना गरिएको जानकारी दिएको छ । आर्थिक तथा सामाजिक उत्थानका लागी पर्यटन, होटल व्यवसाय, होमस्टे ...
बेतना सिमसारमा कछुवा छोड्नेको संख्या बढ्दै

बेतना सिमसारमा कछुवा छोड्नेको संख्या बढ्दै

बेलबारी, १ पुस । बिभिन्न जातका कछुवाको संरक्षित क्षेत्रका रुपमा बिकास हुँदै गएको मोरङको बेलबारी स्थित बेतना सिमसार क्षेत्रमा कछुवा छोड्नेको संख्या बृद्धी हुँदै गएको छ । पुर्बेली न्युजका अध्यक्षसमेत रहेका सुनसरीको इटहरीका शुरेसचन्द्र दाहालले पनि घरमा रहेको २ सय ५० ग्रामको कछुवा शनिबार सिमसारमा छोडेका छन । सिमसारका अध्यक्ष डम्बर बस्नेत, सचिब निशाकिरण राई, कोषाध्यक्ष कमल कोईराला लगायतले सो कछुवाला...
जीतपुरमा घर जल्दा नौ लाखको क्षति

जीतपुरमा घर जल्दा नौ लाखको क्षति

धनकुटा, १ पुस । धनकुटाको महालक्ष्मी नगरपालिका–७ जीतपुरमा शनिवार एउटा घर जलेर नष्ट हुँदा करिव नौ लाख वरावरको क्षति भएको छ । आगोले धरमपानी (लहरेवर) टोलका भुवन पराजुलीको घर जलेर नष्ट भएको हो । आगलागीबाट घरसँगै लत्ताकपडा, अन्न लगायत जलेर नष्ट हुँदा अाठ लाख ७५ हजार बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घर नजिकै झ्यास डढाउँने क्रममा अपरान्ह करिव ४ बजेबाट घरमा आगो सल्किएको थिय...
धनकुटामा राजधानी माग्दै ब्याङ्ग्यात्मक मैनबत्ती जुलुश प्रदर्शन (फोटो फिचरसहित)

धनकुटामा राजधानी माग्दै ब्याङ्ग्यात्मक मैनबत्ती जुलुश प्रदर्शन (फोटो फिचरसहित)

धनकुटा, १ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै शनिवार जिल्लाबासीले ब्याङ्ग्यात्मक रुपमा मैनबत्ती जुलुश प्रदर्शन गरेका छन् । प्रशासनीक केन्द्र रहदै आएको धनकुटा हरेक हिसावले प्रादेशिक राजधानीका लागि उपयुक्त भएपनि सरकारले राजधानी घोषणा गर्न आँखा नदेखेको भन्दै उज्यालो देखाउँन ब्याङ्ग्यात्मक रुपमा मैनबत्ती जुलुश प्रदर्शन गरिएको हो । दिउँसो बलेको मैनबत्ती बोकेर सयौंको संख्यामा निश्...
कांग्रेसलाई ओलीको प्रश्नः हारेपछि पनि सरकारमा बसिरहन खोज्ने?

कांग्रेसलाई ओलीको प्रश्नः हारेपछि पनि सरकारमा बसिरहन खोज्ने?

काठमाडौं , १ पुस । एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसप्रति आक्रोशित रुपमा प्रस्तुत भएका छन्। नेपाली कांग्रेसले सरकार निर्माणको सन्दर्भमा असान्दर्भिक बखेडा निकालेको भन्दै ओलीले जनताको मतलाई अवमुल्यन नगर्न चेतावनी समेत दिएका छन्। आफ्नै निवासमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले भने,‘०६४ सालमा पनि सरकार बन्ने कुरालाई नेपाली कांग्रेसले अत्यन्त घिनलाग्दो ढंगले रोकिदियो, तीन चार महिनासम्म ...
धनकुटाको जीतपुरमा आगलागी, आगो नियन्त्रणको प्रयास जारी (फोटो फिचरसहित)

धनकुटाको जीतपुरमा आगलागी, आगो नियन्त्रणको प्रयास जारी (फोटो फिचरसहित)

धनकुटा, १ पुस । धनकुटाको महालक्ष्मी नगरपालिका–७ जीतपुरको एक घरमा आज अपरान्ह आगलागी भएको छ । धरमपानी टोलका भुवन पराजुलीको घरमा अपरान्ह ४ बजेबाट आगो सुरु भएको हो । यो समाचार तयार पार्दा सम्म आगो नियन्त्रणको प्रयास जारी छ । स्थानीयबासीले आगो नियन्त्रणको प्रयास गरिरहेको स्थानीय किसन ढकालले संगालोखबरलाई बताएका छन् । ‘गाउँले भेला भएर आगो निभाउँदैछौ ।’ ढकालले संगालोकर्मीसँग भने ‘घरको आधा भन्दा बढ...
error: Content is protected !!