रासस

कपिलवस्तु, २ पुस। कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा जाडोले कठ्याङग्रिएर एक जनाको मृत्यु भएको छ ।

Advertisement

दुई दिनअघिदेखि बढेको अत्यधिक जाडोका कारण चन्द्रौटाको फफुरी कम्पलेक्स अगाडि परिचय नखुलेको दाह्री पालेका अन्दाजी करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।

करिब तीन, चार महिनादेखि चन्द्रौटामा मागेर खाने सडकको पेटीमा रात बिताउँदै आएका मानसिक सन्तुलन बिग्रेका ती पुरुषको जाडोका कारण मृत्यु भएको हो ।

पुरानो कपडा लगाएका दाह्री पालेका पुरुषको शव अाइतबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । केहि दिनदेखि शितलहरले गर्दा तराईका विभिन्न जिल्लामा जाडो बढ्दै गएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!