जंगली हात्तीले टावरमा क्षति पुर्याएपछि सुदूरपश्चिम र मध्यमपश्चिमका विभिन्न क्षेत्रमा विद्युत आपूर्तीमा अवरोध

जंगली हात्तीले टावरमा क्षति पुर्याएपछि सुदूरपश्चिम र मध्यमपश्चिमका विभिन्न क्षेत्रमा विद्युत आपूर्तीमा अवरोध

काठमाडौँ, ७ पुस । कुसुम र कोहलपुरका बीच समशेरगञ्ज नजिक पर्ने १३२ केभी  डबल सर्किट सस्पेन्सन टाइप प्रसारण टावरलाई जंगली हात्तीले क्षति पुर्‍याएपछि सुदूर–पश्चिम र मध्य–पश्चिमका विभिन्न एरियामा नियमित विद्युत आपूर्तिमा अवरोध पैदा भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । उक्त टावर नं. ४८५ क्षतिग्रस्त भएपश्‍चात् सो संरचनाबाट विद्युत प्रवाह हुने १३२ केभी सवस्टेशनहरु लालपुर, अत्तरिया, पहलमानपुर, भुरि...
सरकार गठन र पार्टी एकताका विषयमा एमाले–माओवादी केन्द्रबीच शनिवार अपरान्ह वार्ता

सरकार गठन र पार्टी एकताका विषयमा एमाले–माओवादी केन्द्रबीच शनिवार अपरान्ह वार्ता

काठमाडौं, ७ पुस । पार्टी एकताका लागि एमाले–माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक शनिबार अपरान्ह हुने भएको छ। शुक्रबारमात्र चितवनतर्फ लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं फर्केपछि एकता संयोजन समितिको बैठक बस्ने भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार विहान बालुवाटारमा बोलाएको पाँच राष्ट्रिय पार्टीहरुको बैठकपछि प्रचण्ड गृहजिल्ला चितवनतर्फ लागेका छन्। शुक्र...
नौ वर्षदेखि सञ्चारविहीन छ कोशीटप्पु वन्यजन्तु आरक्ष

नौ वर्षदेखि सञ्चारविहीन छ कोशीटप्पु वन्यजन्तु आरक्ष

इटहरी, ७ पुस । सुनसरी जिल्लाजस्तो सुगम एवम् सञ्चारको राम्रो पहुँच भएको जिल्लाको महत्वपूर्ण स्थानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएको कोशीटप्पु वन्यजन्तु आरक्ष सञ्चार सम्पर्कविहिन छ । आरक्ष प्रशासनका अनुसार विगत नौ वर्षदेखि सञ्चारको पहुँच बाहिर रहेको कोशीटप्पु वन्यजन्तु आरक्षले भोग्दै आएको जटिल समस्याका विषयमा सम्बन्धित सरोकारवाला निकायमा निवेदन गर्दासमेत त्यहाँ एउटा नेपाल टेलिकमको टाव...
अध्यादेशबारे राष्ट्रपति र काङ्ग्रेसका शीर्ष नेताबीच शीतलनिवासमा छलफल सुरु

अध्यादेशबारे राष्ट्रपति र काङ्ग्रेसका शीर्ष नेताबीच शीतलनिवासमा छलफल सुरु

काठमाडौं, ७ पुस । अध्यादेशबारे छलफल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले काङ्ग्रेस नेतासँग छलफल थालेकी छन् । राष्ट्रियसभा निर्वाचन अध्यादेशमा सहमति जुटाउन आज बसेको प्रमुख ५ दलको बैठक विना निश्कर्ष सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री लगायत काङ्ग्रेसका शीर्ष नेतालाई छलफलका लागि शीतलनिवास बोलाएकी हुन् । छलफल अहिले जारी छ । शीतलनिवासमा जारी छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, क...
सिरहामा बम विष्फोट, बाबु–छोरासहित तीन घाइते

सिरहामा बम विष्फोट, बाबु–छोरासहित तीन घाइते

सिरहा, ७ पुस । सिरहाको सदरमुकाममा रहेको मालपोत कार्यालयमा शुक्रबार दिँउसो बम विष्फोट भएको छ । विष्फोटमा परेर तीन जना घाइते भएका छन् । उनीहरुको सदरमुकाम लहनस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा ५० वर्षीय राजकुमार पासवान, उनका छोरा ३० वर्षीय रोशन पासवान र अन्दाजी ४० वर्षीय पवन पासवान रहेका छन् । हालसम्म कसैले पनि विष्फोटको जिम्मेवारी लिएको छैन । जिल्ला प्रहरी कार्यालय सिरहाका प्र...
धादिङमा ग्यास सिलिन्डर विस्फोट हुँदा एक घरमा पूर्ण क्षति

धादिङमा ग्यास सिलिन्डर विस्फोट हुँदा एक घरमा पूर्ण क्षति

धादिङ, ७ पुस । पुरानो सिलिण्डर ग्यास प्रयोग गर्न घर पु¥याएपछि विस्फोट भएका कारण एक घर जलेर पूर्णरुपमा क्षति भएको छ। गल्छी गाउँपालिका वडा नं ५ सिर्वानीमा बाबुराम तिमल्सिनाले बजारबाट किनेर लगेको नमस्ते ग्यासको सिलिण्डर हिजो बेलुका घरभित्र पु¥याउँदा विस्फोट भएपछि घर जलेर ध्वस्त भएको सोही वडाका वडासदस्य विन्दा अधिकारीले बताइन्। ग्यास उद्योगले बजारमा ल्याएको पुरानो सिलिण्डर किनेर लगेलगत्तै विस्फोट ...
ओलीले बालुवाटारमा भने : बरु प्रधानमन्त्री ढिलै बनुँला, तर अध्यादेश स्वीकृत गर्न दिन्नँ

ओलीले बालुवाटारमा भने : बरु प्रधानमन्त्री ढिलै बनुँला, तर अध्यादेश स्वीकृत गर्न दिन्नँ

काठमाडौं, ७ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित सरकारी निवासमा बोलाएको राष्ट्रिय पार्टीहरुको बैठक सकिएपछि जब नेताहरु उठ्ने तयारी गर्दै थिए, विदाईका लागि हात मिलाउने क्रममा कांग्रेस नेता बिमलेन्द्र निधिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने, ‘तपाईं प्रधानमन्त्री बन्ने मान्छे, किन राष्ट्रिय सभा सम्बन्धी अध्यादेश स्वीकृत गर्न नदिएर प्रधानमन्त्री बन्न ढिलो गर्दै हुनुहुन्छ ?’ त्यसअघ...
राजनीतिक अधिकार बिना आर्थिक अधिकार बलियो हुँदैनः अध्यक्ष शर्मा

राजनीतिक अधिकार बिना आर्थिक अधिकार बलियो हुँदैनः अध्यक्ष शर्मा

काठमाडौँ, ७ पुस । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दलितको राजनीतिक अधिकार सुनिश्चित नभएसम्म आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार बलियो नहुने बताएका छन् । दलित सेवा संघले आज यहाँ आयोजना गरेको ‘दलित समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारः चुनौती र सम्भावना’ विषयक गोष्ठीमा उनले राजनीतिक अधिकारलाई पनि अन्य अधिकारलाई सँगसँगै लैजानुपर्ने बताए । “दलित हक अधिकारका सवालमा सबै रा...
‘डेथ सर्टिफिकेट’ बनाउँदै गर्दा ‘शव’ ब्युझिएपछि..

‘डेथ सर्टिफिकेट’ बनाउँदै गर्दा ‘शव’ ब्युझिएपछि..

इटहरी, ७ पुस । अस्पतालले मृत घोषणा गरेको व्यक्ति जिउदै छ भन्दा तपाईलाई चमत्कार नै लाग्न सक्छ । मृत भनेर शववहान झिकाएर घाट लान तयारी गरिरहेको ‘शव’मा धड्कन चलेको जब थाहा हुन्छ तब माहोल बेग्लै भइदिन्छ । त्यसमा पनि आफनो श्रीमानको मृत्युको खबरले छेउमै बेहोस भएर ढलेकी श्रीमतीलाई श्रीमान् जिउँदै छन् भन्दा कस्तो महसुस भयो भन्ने अनुमान मात्र गर्न सकिन्छ । यस्तै भइदियो इटहरी उप–महानगरपालिका–१९ बस्ने ३२ ब...
बालुवाटारमा शुरु भयो सर्वदलीय बैठक

बालुवाटारमा शुरु भयो सर्वदलीय बैठक

काठमाडौँ, ७ पुस । राष्ट्रिय सभा र सरकार गठनका विषयमा राजनीतिक गतिरोध बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलिय बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पाँच पार्टी सहभागी रहेका छन् । बैठकमा प्रधानमन्त्री देउवासहित नेपाली काँग्रेसका नेताद्वय रामचन्द्र पौडेल तथा विमलेन्द्र निधि रहेका छन् । त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित माधवकुमार नेपाल, सुवास ...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौँ, ७ पुस । सुनको मूल्य आज फेरी तोलामा एक सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५४ हजार ६ सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्यमा पनि पाँच रुपैयाँले गिरावट आएको छ । आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमै कारोवार भईरहेको छ । हिजो चाँदी प्रतितोला ७ सय २५ रपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको ।
मानसिक र शारीरिक यातना खेप्दै सिमलफाँटाका महिला

मानसिक र शारीरिक यातना खेप्दै सिमलफाँटाका महिला

कञ्चनपुर, ७ पुस । कञ्चनपुरको शुक्लाफाँटा–७ सिमलफाँटाका महिला मदिराका कारण घरेलु हिंसाको शिकार हुने गरेका छन् । मदिराका कारण यहाँका महिलाहरुले मानसिक र शारीरिक यातना खेप्नु परेको छ । दैनिक ज्याला मजदुरी गरेर ल्याएको पैसा साँझपख श्रीमानले लगेर मदिरा पिई श्रीमतीमाथि हिंसा निम्त्याउने गरेका छन् । छिमेकीले समेत होहल्ला र चिच्याहटका कारण रातिको बेला सुत्न समेत पाउने गरेका छैनन् । ६२ वर्षीया एकल महिला...
मानिसलाई गाडीमा बान्ता किन हुन्छ, यसबाट बच्न के गर्ने ?

मानिसलाई गाडीमा बान्ता किन हुन्छ, यसबाट बच्न के गर्ने ?

यात्रा गर्दा हामी स्थलमार्ग, जलमार्ग र वायुमार्गमध्ये कुनै एक मार्गको प्रयोग गर्छौं । धेरैजसो मानिसलाई लामो दूरीको यात्रा गर्दा समस्या देखा पर्छ । यात्राका क्रममा डर लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने, थकाइ लाग्ने, निद्रा नलाग्ने, रिँगटा लाग्ने, पेट बटारिने, खुट्टा सुन्निने, वाकवाकी लाग्ने, बान्ता हुने आदि हुन्छ । सबैभन्दा गम्भीर समस्या भनेको कार, बस, ट्रेन, पानीजहाज, हवाईजहाजको यात्रामा बारम्बार...
एक वर्षमा २७ सय बालबालिका हराए , ७ सय मात्रै भेटिए

एक वर्षमा २७ सय बालबालिका हराए , ७ सय मात्रै भेटिए

काठमाडौँ, ७ पुस । आर्थिक वर्ष २०७४/०७५ लागेको ४ महिनामा ६ सय ५५ जना बालबालिका हराएका छन् । हराएका मध्ये २ सय ६८ जना बालबालिका भेटिएका छन् । आ.व ०७४/०७५ को ४ महिनामा हराउनेमा ३ सय ४० बालिका र ३ सय १५ बालक रहेका छन् । श्रावणमा २ सय ५२, भाद्र १ सय ७१ असोजमा १ सय ३ र कार्तिकमा १ सय २१ जना बालबालिका हराएको सूचना बालबालिका खोजतलास केन्द्रमा प्राप्त भएको थियो । अझै ३ सय ८६ बालबालिका भेटिएका छैनन् । य...
चुनाव सकिएलगत्तै पुर्वराजा ज्ञानेन्द्र पश्चिम नेपालको भ्रमणमा

चुनाव सकिएलगत्तै पुर्वराजा ज्ञानेन्द्र पश्चिम नेपालको भ्रमणमा

काठमाडौं, ७ पुस । मुलुकमा निर्वाचन सकिएपछि पुर्व राजा ज्ञानेन्द्र शाह मध्यपश्चिम तथा सुदुरपश्चिमको भ्रमणमा जाने भएका छन् । पुर्व राजा शाह श्रीमति कोमल राज्यलक्ष्मी देवी शाहका साथ आगामी साता मध्यपश्चिम र सुदरपश्चिमका जिल्लाको भ्रमणमा जान लागेका हुन् । शाहका नीजि फणि पाठकका अनुसार केही दिनको निजी भ्रमणका सिलसिलामा शाह दम्पति त्यसतर्फ जान लागका हुन् । प्रदेश र प्रतिनीधिसभा चुनाववारे शाहको ...
गाडी किन्ने विवादले गाउँपालिकाको काम प्रभावित

गाडी किन्ने विवादले गाउँपालिकाको काम प्रभावित

गोरखा, ७ पुस ।  गोरखाको भिमसेन गाउँपालिकाका अध्यक्ष र कार्यकारी अधिकृतबीचको विवादले गाउँपालिकाको काम नै प्रभावित बनेको छ । एकअर्काको काम र निर्णयप्रति समर्थन नहुँदा कामकाज प्रभावित भएको हो । अध्यक्ष इश्वर पाण्डे र कार्यकारी अधिकृत श्यामकृष्ण पौडेलबीचको टसलका कारण स्वास्थ्य र पशु क्षेत्रको कार्यक्रमका लागि बजेट विनियोजन हुन सकेको छैन । गाउँपालिका भित्रका स्वास्थ्य संस्थाका लागि आवश्यक औषधि खरिद नह...
भरतपुर अस्पतालमा प्रसूति गराउन आउनेमा अकस्मात समस्या

भरतपुर अस्पतालमा प्रसूति गराउन आउनेमा अकस्मात समस्या

चितवन, ७ पुस । जिल्लामा प्रसूतिका लागि पहिलो रोजाइका रुपमा रहेको यहाँको सरकारी भरतपुर अस्पतालमा प्रसूति गराउन आएका महिलाहरुमा एकाएक समस्या आउने र मृत्यु समेत हुन थालेपछि कारणको खोजी गर्न थालिएको छ । चालु आवमा प्रसूति गराउन आएका छजना महिलाको मृत्यु भइसकेको छ, जसमध्ये पाँच जनाको शल्यक्रियापछि मृत्यु भएको हो । गएको महिनामा मात्रै दुईजनाको मृत्यु भएको अस्पतालले जनाएको छ । भरतपुर अस्पतालका प्रसूति ...
खोटाङका दशवटै स्थानीय तह सडक सञ्जालमा जोडिए

खोटाङका दशवटै स्थानीय तह सडक सञ्जालमा जोडिए

खोटाङ, ७ मंसिर । जिल्लाका दशवटै स्थानीय तह सदरमुकाम दिक्तेलसँग सडक सञ्जालमा जोडिएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तह दिक्तेलसम्मको सिधा सडक सञ्जालमा जोडिएका हुन् । गत वर्षसम्म सदरमुकाम दिक्तेलबाट सिमित ठाउँमा मात्र यातायात सेवा सञ्चालन हुँदै आएको जिल्लामा यस वर्षदेखि सबै स्थानीय तहमा सेवा सञ्चालन गरिएको यातायात व्यवसायी संघ, खोटाङका महासचिव रामकुमार हिङ्माङले बब...
प्रदेश मन्त्रालयमा तत्काल ३ हजार कर्मचारी पठाउने तयारी

प्रदेश मन्त्रालयमा तत्काल ३ हजार कर्मचारी पठाउने तयारी

काठमाडौं, ७ पुस ।  सामान्य प्रशासन मन्त्रालयले करिब तीन हजार कर्मचारी प्रदेशस्तरको मन्त्रालयमा खटाउने गरी गृहकार्य थालेको छ । मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले अन्तरिम व्यवस्थापनअन्तर्गत् प्रदेशस्तरमा खटाउने गरी कर्मचारीको व्यवस्थापन भइरहेको जानकारी दिए । सरकारले प्रदेश तहमा रहने मन्त्रालयको संख्या यकिन भने गरिसकेको छैन । सम्भवतः आगामी मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहने मन्त्रालयको संख्या ...
केपी ओली अढाइ वर्षमात्रै प्रधानमन्त्री !

केपी ओली अढाइ वर्षमात्रै प्रधानमन्त्री !

काठमाडौं, ७ पुस । मन्त्री बन्न पाउने भएका छन् । पाँच वर्षे कार्यकालको बाँकी अवधि ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई छाडिदिनुपर्ने भएको छ । गत असोजमा दशैंको टीका सकिएलगत्तै एमालेको बैठक बसेको थियो, जसमा अध्यक्ष केपी ओलीले माओवादीसँगको सम्झौताबारे तयार पारिएको ड्राफ्ट प्रस्तुत गरेका थिए, जसको तीन नम्बर बुँदामा ‘निर्वाचनपछि सरकारको नेतृत्व आलोपालो गर्ने’ उल्लेख गरिएको थियो । माओवादीका उच्च नेताले द...
आमाको शव घरसम्म लैजाने पैसा नभएपछि…

आमाको शव घरसम्म लैजाने पैसा नभएपछि…

प्युठान, ७ पुस ।  ऐरावती गाउँपालिका-३ अर्जामकी पकला हुमी विकको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा बिहीबार निधन भयो । लामो समयदेखि श्वासप्रश्वासकी बिरामी उनलाई छोरी राधा विकले बुधबार अस्पतालसम्म पुर्‍याएकी थिइन् । ७३ वर्षीय विकको उपचारका क्रममा बिहान ८ बजे अस्पतालमै मृत्यु भयो । आजको अन्नपूर्ण पोस्टमा खबर छ । विक परिवारको घर जिल्ला अस्पताल बिजुवारदेखि करिब चार घण्टाको दूरीमा पर्छ । आमाको मृ...
रुकुममा ट्याक्टर दुर्घटना, १ को मृत्यु, १ गम्भीर

रुकुममा ट्याक्टर दुर्घटना, १ को मृत्यु, १ गम्भीर

रुकुम, ७ पुस ।  रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गाउँपालिका वडा नं ६ को झारेमारे लेकबाट नदुवातर्फ आइरहेको लु २ त ५०७४ नंको ट्याक्टर दुर्घटना हुँदा चालक बाँफिकोट–७ का २३ वर्षीय निमे कुसारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी ट्याक्टर साहु सोही ठाउँका ३५ वर्षीय तिले खत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब ...
सास कुर्दाकुर्दै लास बुझ्नुपर्दा…

सास कुर्दाकुर्दै लास बुझ्नुपर्दा…

सर्लाही, ७ पुस । मंगलबार बिहानै छोराले बुबा म भोलि (बुधबार) घर आउँछु भनेर फोन गरे । छोरा आउने भएपछि बुबाले बिहान ७ बजेतिरै एउटा सामान ल्याइदिन फोन गरे । तर, फोन उठेन । वीरगन्जस्थित सुपर ग्यास उद्योगमा बुधबार बिहान आगलागी हुँदा ज्यान गुमाएका वीरगन्ज महानगरपालिका कार्यालयमा कार्यरत अग्नि नियन्त्रक यादवप्रसाद अधिकारीका बुबा टीकाप्रसादले भक्कानिँदै भने, ‘धेरैपटकको फोन नउठेपछि गरिन् ।’ बिहान साढे ९ ब...
कुन देशका राष्ट्रप्रमुखले कति पाउँछन तलब ?

कुन देशका राष्ट्रप्रमुखले कति पाउँछन तलब ?

अमेरिका, चीन, फ्रान्स, जर्मनी, जापान, सिंगापुरलगायत विश्वका ठूला र विकशित देशका राष्ट्रपति तथा प्रधानमन्त्रीको तलब कति होला ? सायद, यो जिज्ञासा जो–कोहीलाई लाग्न सक्छ । आर्थिक रूपमा समृद्ध यी ठूला देशका राष्ट्रप्रमुखको तलब नेपाली रुपैयाँमा धेरै देखिए पनि त्यहाँ चल्ने युरो र डलरमा हिसाब गर्दा निकै कम हुन्छ । मतलब, उनीहरूले राज्यबाट कम तलब बुझ्छन् । यस्तो छ केही धनी देशका राष्ट्रपति-प्रधानमन्त्रीको...
प्रदेशसभा समानुपातिकको परिणाम आज सार्वजनिक हुँने

प्रदेशसभा समानुपातिकको परिणाम आज सार्वजनिक हुँने

काठमाडौं, ७ पुस । निर्वाचन आयोगले प्रदेशसभातर्फकोे ७७ वटै जिल्लाको समानुपातिक निर्वाचन प्रणालीको परिणाम शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले १० र २१ मंसिरमा गरी दुई चरणमा सम्पन्न प्रदेशसभा निर्वाचनको सातै प्रदेशको समानुपातिक प्रणालीतर्फको २ सय २० सिटको अन्तिम परिणाम आज (शुक्रबार) सार्वजनिक गर्ने तयारी गरेको हो । आयोगका प्रवक्ता नवराज ढकालले प्रदेशसभातर्फको समानुपातिक निर्वाचनको परिणा...
धरानमा तास खेल्ने १० जना पक्राउ

धरानमा तास खेल्ने १० जना पक्राउ

सुनसरी, ७ पुस । धरान–१६ बाट प्रहरीले ताल खेल्ने १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय सोहन थापाको घरबाट तास खेल्ने १० जनालाई पक्राउ गरेको हो । प्रहरीले तासको खालबाट ४८ हजार ७ सय ३० रुपैया नेपाली, ९ सय भारतीय रुपैयाँ र ६ बुङ ताससमेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ...
धनकुटामा मानव अधिकार उल्लंघनका तीन दर्जन बढि घटना

धनकुटामा मानव अधिकार उल्लंघनका तीन दर्जन बढि घटना

धनकुटा, ६ पुस । धनकुटामा विगत एक वर्षको अवधिमा ३८ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) धनकुटाले बिहीबार आयोजना गरेको कार्यक्रममा सो जानकारी दिइएको हो । मानव अधिकार बर्ष पुस्तक २०१८ का लागि तयार पारिएको बार्षिक प्रतिवेदन पूर्व समिक्षा कार्यक्रममा दिएको जानकारी अनुसार एक वर्षको अवधिमा जिल्लामा अधिकांस घटना गैर राज्य पक्षबाट भएका छन् । गत वर्ष...
धनकुटाको साप्तिङटारमा मिनि ट्रक दुर्घटना

धनकुटाको साप्तिङटारमा मिनि ट्रक दुर्घटना

धनकुटा, ६ पुस । धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिका–७ साप्तिङटारमा बिहीबार राति मिनि ट्रक दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । त्रिवेणीबाट मुलघाट तर्फ आउँदै गरेको को.१ ख.२५४८ नम्बरको मिनि ट्रक राति करिव साँढे ८ बजे अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा परी ट्रक चालक चौविसे गाउँपालिका–६ राजारानीका २० बर्षीय बिक्रम वि.क., सोही स्थानका १८ बर्षीय उपहार राई र १८ बर्षका दिवश राई घाईते भएको...
प्रादेशिक राजधानी माग गर्दै धनकुटामा सातौ दिन पनि प्रदर्शन (फोटो फिचरसहित)

प्रादेशिक राजधानी माग गर्दै धनकुटामा सातौ दिन पनि प्रदर्शन (फोटो फिचरसहित)

धनकुटा, ६ पुस । प्रशासनीक गौडा हुँदै यसअघि पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत रहेको धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै जिल्लाबासीले बिहीबार पनि बृहत प्रदर्शन गरेका छन् । हरेक हिसावले उपयुक्त रहेरपनि सरकारले धनकुटालाई प्रादेशिक राजधानी बनाउँन आनाकानी गरेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका जिल्लाबासीले सातौ दिनपनि प्रदर्शनलाई जारी राखेका हुन । राजधानी घोषणाका लागि दवावमूलक नार...
धनकुटाको गुठिटारमा जीप पल्टिदा चार घाईते

धनकुटाको गुठिटारमा जीप पल्टिदा चार घाईते

धनकुटा, ६ पुस । धनकुटा नगरपालिका–९ गुठिटारमा आज दिउँसो जीप दुर्घटना हुँदा चार जना घाईते भएका छन् । गुठिटारबाट बेलहारा डाँडा जाँदै गरेको को.१ ज.१९१७ नम्बरको जीप दिउँसो साँढे २ बजे गुठिटार बजार नजिक पल्टिएको हो । दुर्घटनामा परी धनपा–९ बेलहाराका ४५ बर्षीय झकल बहादुर तामाङ, २२ बर्षीय दिवस रायमाझी, ४० बर्षीय सन्तबहादुर राई र ३० बर्षीय कृष्ण बहादुर नेपाली घाईते भएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले...
नेपाल-भारत सीमामा संयुक्त सुरक्षा गस्ती

नेपाल-भारत सीमामा संयुक्त सुरक्षा गस्ती

नवलपरासी, ६ पुस। नवलपरासी पश्चिमस्थित नेपाल—भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षा गस्ती गरिएको छ । नवलपरासीमा सीमा सुरक्षाको लागि नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलका सुरक्षाकर्मीले बुधबार संयुक्त गस्ती गरेका हुन् । संयुक्त गस्ती टोलीले सीमा स्तम्भ संख्या ५०० देखि स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले...
error: Content is protected !!