काठमाडौं । बलात्कार आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि महरालाई नियन्त्रणमा लिएको हो।

Advertisement

महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाटै आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार रोशनी शाहीले प्रहरीमा उजुरी दिएसँगै महरा नियन्त्रणमा परेका हुन।

असोज १३ गते सोमबार महराले आफुलाई बलत्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले मिडिया मार्फत बोलेकी थिएन।

तर, मंगलबार भने पुनः शाहीले महरा आफ्नो बाबु समान रहेको र आफूँ माथि बलात्कारको प्रयास नआएको भन्दै बोलि परिर्वतन गरेकी थिइन्।

तर, शुक्रबार मात्रै महराले आफुलाई बलात्कारको प्रयास भएको भन्दै बानेश्वर प्रहरीमा जाहेरी दिएकी थिइन।

आरोप लागेसँगै असोज १४ गते मंगलबार सभामुख पदबाट महराले राजिनामा दिएका थिए।

अरोप लगाउने महिला शाहीले सभामुख महराले आफूमाथि जबर्जस्ती करणी प्रयास गरेको आरोप लगाएकी ती महिलाले नेपाल लाइभसँग कुरा गर्दै बताएकी थिइन।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!