काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले बिहीबारको मन्त्रिपरिषद् बैठकमा सार्वजनिक बिदाको प्रस्ताव राखेको थियो ।
मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि सरकारले सार्वजनिक बिदा दिएको थियो ।
चिनियाँ राष्ट्रपति सी राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदैछन् । भ्रमणलाई सफल पार्न सरकारले तयारी तीव्र पारेको छ । स्वागतका लागि काठमाण्डौंका बिभिन्न स्थानलाई सिंगार्ने काम भईरहेको छ ।