चितवन । ‘नेपालका लागि नेपाली’ अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण भएको छ । अज्ञात समुहको आक्रमणबाट उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चितवनको चौबिसकोठी होटलबाट निस्कदै गर्दा उनी सवार बा.३ ख.४५ नम्बरको माइक्रोबसमा आक्रमण हुँदा शाही घाइते भएका हुन् ।
घाईते शाहीलाई उपचारका लागि अस्पताल लगिएको छ । उक्त ठाउँमा सभा गर्न प्रहरीले नदिएपछि फर्कन लागेका शाही सवार गाडीमा अज्ञात समूहले ढुंगा प्रहार गरेको थियो ।
ढुंगाले लागेर गाडीको चारैतर्फका सिसा फुटेको छ । आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।