- संगालोखबर सम्वाददाता

बिराटनगर । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा बिरामीको भीड बढेको छ । कोरोना भाइरसको संक्रमणका कारण देशभर गरिएको लकडाउनले केहि साता यता अस्पतालहरुमा बिरामीको चाप ह्वात्तै घटेको थियो । तर, अहिले पुनः बिरामीको चाप बढ्न थालेको हो ।

Advertisement

नोबेलको आकस्मिक कक्षमा अहिले दैनिक एक सय भन्दा बढी बिरामी उपचारका लागि आउँने गरेको इमर्जेन्सी इन्चार्ज डा.अमित अग्रहरीले जानकारी दिए । ‘बिगत एक हप्ता भन्दा बढी समययता बिरामी धेरै कम थिए ।’ उनले भने ‘अहिले दुई दिनयता बिरामीको चाप ह्वात्तै बढेको छ । लगभग पहिलेकै अवस्थामा बिरामी आउँन थालिसकेका छन ।’

अहिले दम, रुघाखोकी, मुटुरोग र नसा सम्बन्धि समस्याका बिरामी बढी आइरहेको डा.अग्रहरीले बताए ।

कतिपय निजी अस्पतालहरुले कोरोनाको डरले बिरामी लिन नमानिरहेका बेला केहि दिन अघि नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले कोरोनासहित जस्तासुकै समस्या भएका बिरामीको उपचारमा नोबेल अस्पताल २४ सै घण्टा खुल्ला रहेको उद्घोष गरेका थिए ।

नोबेलमा कोरोनाका संभावित बिरामी र अन्य समस्याका बिरामीलाई छुट्टा–छुट्टै उपचार कक्षमा राखेर उपचार गरिदै आएको अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिइन् । ‘बिरामीहरुलाई संक्रमणबाट जोगाउँनका लागि बेग्ला–बेग्लै उपचार कक्षको व्यवस्था मिलाएका हौं ।’ उनले भनिन् ।

नोबेलले स्वास्थ्यकर्मीहरुलाई संक्रमणबाट जोगाउँन र बिरामीमा पनि संक्रमण फैलन नदिनका लागि उपचारमा खटिने सबै स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था पनि मिलाएको छ । दैनिक करिव ३ हजार बिरामीको उपचार गर्दै आएको नोेबेल निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालकै सवैभन्दा ठूलो र स्तरीय अस्पताल हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!