विराटनगरबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

विराटनगरबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१५ बाट लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–९ का ३८ बर्षीय सन्दिप खड्का, काठमाडौंको स्वयम्भु नगरपालिका–१५ का २३ बर्षीय हिमाल नेपाल र रामेछापको देउराली गाउँपालिका–५ का ३४ बर्षीय कृष्ण बहादुर मगर छन् । गएराती १० बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको मोबाइल गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेक...
नाचगान गरेर शिक्षकलाई तलब भत्ता

नाचगान गरेर शिक्षकलाई तलब भत्ता

म्याग्दी । धौलागिरि गाउँपालिका–१ गुर्जाका बासिन्दाले नाचगान गरेर शिक्षकको तलब भत्ता जुटाउने गरेका छन् । जनकल्याण माविका निजी स्रोतका शिक्षकको तलव र तल्लो तहको दरबन्दी भए पनि माथिल्लो तहमा अध्यापन गराउने शिक्षकको भत्ता नाचगान गरेर जुटाउने गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुनराम छन्त्यालले गाउँमा विदेशबाट आउने ‘लाहुरे’लाई स्वागत, विवाह, छेवार, गुन्युचोली देखाउने, किरिया, चौरासी पु...
भक्तपुरको नंखेलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

भक्तपुरको नंखेलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित नंखेलमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुरसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । नंखेल स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा ८६३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १७५ जनाको रक्त परीक्षण, १८९ जनाको भिडियो एक्सरे...
धनकुटाको पाख्रीबासमा ट्रक पल्टिँदा ६ जना घाइते

धनकुटाको पाख्रीबासमा ट्रक पल्टिँदा ६ जना घाइते

धनकुटा । मध्य पहाडी लोकमार्ग अन्तरगत धनकुटाको पाख्रीबास नगरपालिका–५ मा आज लोपेट ट्रक दुर्घटना भएको छ । दिउँसो करिव २ बजे ईटहरीबाट भोजपुरतर्फ जाँदै गरेको ना.८ ख ३१३५ नम्बरको ट्रक दुर्घटना भएको हो । दुर्घटना हुँदा ट्रकमा सवार ६ जना घाइते भएका छन् । लोपेट चालक बाराको सिमरा–२ का मोहन श्रेष्ठ, ३९ बर्षीय सरोज कुमार कुर्मी, १८ बर्षीय जितेन्द्र पटेल र पाख्रीबास–५ का २४ बर्षीया कल्पना श्रेष्ठ सामान्य घा...
मोरङमा डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई युवा पक्राउ

मोरङमा डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई युवा पक्राउ

विराटनगर ।  मोरङको बेलबारीमा डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी छन् । बालिकालाई घरमा कोही नभएको बेलामा उनीहरुले एकान्तमा लगेर बलात्कारपछि हत्या गरेको प्रहरीको भनाई छ । घर नजिकै झाडीमा लगेर बलात्कार गरेपछि उनीहरुले बालिकाको टाउकोमा ढुंगा र बियरको बोतल प्रहार गरेको प्...
भलिबल प्रतियोगिताको उपाधि वडा नंम्बर ६ सिधुवालाई

भलिबल प्रतियोगिताको उपाधि वडा नंम्बर ६ सिधुवालाई

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको ५ औं वार्षिकोत्सबको अवसरमा आयोजित वडा स्तरीय भलिबल खेल प्रतियोगिताको उपाधि वडा नंम्बर ६ सिधुवाले जितेको छ । ५० तोलाको चाँदीको शिल्ड राखेर विगत ४ वर्षदेखि आयोजना गर्दै आएको रनिङ शिल्ड प्रतियोगिताको प्रतिस्पर्धात्मक खेलमा छथर जोरपाटी वडा नंम्बर ६ ले वडा नंम्बर २ लाई फाइनलमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । वडा नंम्बर ६ ले उपाधि जितेसँगै ५० त...
स्थानीय तह निर्वाचनमा उम्मेदवारलाई खर्चको ‘सिलिङ’

स्थानीय तह निर्वाचनमा उम्मेदवारलाई खर्चको ‘सिलिङ’

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमबारे सीमा ‘सिलिङ’ तोकेको छ ।आयोगले शुक्रबार स्थानीय तहको निर्वाचनका सन्दर्भमा गरिएका काम र प्रगतिबारे जानकारी दिन भन्दै डाकेको सर्वदलीय बैठकमा दलहरूलाई उम्मेदवारको खर्च सीमाबारे जानकारी दिएको हो । आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदै छ । आयोगका अनुसार स्थानीय तहअन्तर्गतको सबैभन्दा ठूलो निकाय महानगरपालिकाको प...
काठमाडौंको इकुबहालमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको इकुबहालमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौं महानगरपालिका–२१ इकुबहालमा शुक्रबार निःशुल्क स्वास्थ्य सञ्चालन गरिएको छ । मेधा नेपालसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एक दिने शिविर सञ्चालन गरेको हो । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको शिविरमा १११३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १६८ जनाको रक्त परीक्षण, ११८ जनाको भिडियो एक्सरे...
काठमाडौंको काँडाघारीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको काँडाघारीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहर नगरपालिका–९ स्थित काँडाघारीमा बिहीवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कायरा पोलिक्लिनिकसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एक दिने शिविर सञ्चालन गरेको हो । काँडाघारीस्थित इभानी कम्प्लेक्समा सञ्चालित शिविरमा ९६५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १५३ जनाको भिडियो एक्सरे, १२१ जनाको रक्त परीक्षण र ७५ जन...
संखुवासभामा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

संखुवासभामा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुँनेको संख्या १५ पुगेको छ । संखुवासभाबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस करिब साढे सात बजे दुर्घटना भएको थियो । दुर्घटनामा चालक र सहचालकसहित १४ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै चार जना घाइते छन् । मृत्यु हुँनेमा मादी नगरपालिका...
संखुवासभामा बस दुर्घटना, १० जनाको मृत्यु

संखुवासभामा बस दुर्घटना, १० जनाको मृत्यु

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा आज बिहान बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । संखुवासभाबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस करिब साढे सात बजे दुर्घटना भएको हो । दुर्घटनामा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । घटनास्थलमा उद्धारकार्य जारी छ । अपडेटः संखुवासभामा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु
आयोगले तोकेको भन्दा बढी शुल्क लिएको छैन, भ्रममा नपर्नुस्: नोबेल मेडिकल कलेज

आयोगले तोकेको भन्दा बढी शुल्क लिएको छैन, भ्रममा नपर्नुस्: नोबेल मेडिकल कलेज

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क विद्यार्थीहरुबाट नलिएको दावी गरेको छ । कलेजले प्रेस विज्ञप्ति जारी गर्दै आयोगले तोकेको शिर्षकहरुमा तोकिएको भन्दा बढी शुल्क माग नगरिएको र नलिएको जनाएको हो । एमबीबीएस अध्ययन गर्नुपर्ने केही विद्यार्थीहरुले कलेजको वारेमा कलोकल्पित र भ्रामक कुरा उल्लेख गरी बिभिन्न सञ्चारमाध्यममा अफवाह फैलाएको भन्दै कलेजले यसम...
काठमाडौंको आरुबारीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको आरुबारीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौं महानगरपालिका–६ आरुबारी, बौद्धमा बुधबार निःशुल्क स्वास्थ्य सञ्चालन गरिएको छ । महिला, बाल बालिका तथा जेष्ठ नागरिक मन्त्रालय राष्ट्रिय बाल अधिकार परिषद् श्रीमहल ललितपुरसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एक दिने शिविर सञ्चालन गरेको हो । अस्थायी संरक्षणमा रहेका सडक बालबालिकाको उपचारलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको शिविरमा ९६३ जनाको निःशुल्क स्वा...
निजामती कर्मचारी संगठन धनकुटाको अध्यक्षमा पुनः सुवेदी निर्वाचित

निजामती कर्मचारी संगठन धनकुटाको अध्यक्षमा पुनः सुवेदी निर्वाचित

धनकुटा । नेपाल निजामती कर्मचारी संगठन धनकुटाको अध्यक्षमा पुनः रामकृष्ण सुवेदी निर्वाचित भएका छन् । धनकुटामा मंगलबार सम्पन्न संगठनको ११ औं जिल्ला अधिवेशनले सुवेदीको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा माईती कुमारी राई, विकाराम राई, सचिवमा सुरेन्द्र खत्री, सह–सचिवमा विनोद बस्नेत र कोषाध्यक्षमा राजेश खतिवडा निर्वाचित भएका छन् । संगठनको प्रदेश प...
झापाको सुरुङ्गामा नोबेलको निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन एक हजार बिरामीको उपचार

झापाको सुरुङ्गामा नोबेलको निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन एक हजार बिरामीको उपचार

झापा । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । कनकाई नगरपालिकासँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले दुई दिने शिविर सञ्चालन गरेको हो । कनकाई माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरको पहिलो दिन १०५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । उपचारका लागि शिविरमा आएका १८९ जनाको रक्त परीक्षण, १७८ जनाको भिडियो एक्सरे र ९७ जनाको मुट...
रंगेलीका नगर प्रमुख बगडियालाई हटाउन माओवादीद्वारा निर्वाचन आयोगमा सिफारिस

रंगेलीका नगर प्रमुख बगडियालाई हटाउन माओवादीद्वारा निर्वाचन आयोगमा सिफारिस

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टीबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियालाई हटाउन निर्वाचन आयोगलाई सिफारिस गरेको छ । माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ ले एक विज्ञप्ति जारी गर्दै बगडियाले पार्टी हित विपरीत गतिविधि गरेको र व्यवसायीक हितलाई मात्रै ध्यान दिएको भन्दै कारबाहीको लागि आयोगलाई सिफारिस गरेको जनाएका छन् । ...
तेह्रथुममा ट्याक्टर पल्टिँदा एक युवकको मृत्यु

तेह्रथुममा ट्याक्टर पल्टिँदा एक युवकको मृत्यु

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ केउरेनी, डाँडाखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २२ बर्षीय किशोरकुमार विश्वकर्मा छन् । गएराती ८ बजे म्याङलुङ बजारबाट घर फर्कने क्रममा प्रदेश १–०२–००३ त १२१२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा सह–चालक महेशकुमार विश्वकर्माको दाहिने खुट्टा भाँचिएको छ । उनलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्...
महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौँ : राष्ट्रपति भण्डारी

महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौँ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन् । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उनले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवै...
दुई दिन पनि टिक्न नसकेको खुसी

दुई दिन पनि टिक्न नसकेको खुसी

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा दुई दिनअघि शिशुको जन्म भएपछि स्याङ्तान परिवारमा खुसी छाएको थियो । तर, त्यो खुसी लामो समयसम्म टिक्न सकेन । स्याङ्तान परिवारमा खुसी छर्ने शिशु र खुसी मनाउने सदस्यले नै अकालमा ज्यान गुमाएका छन् । नल्लुका ५५ वर्षीया काँइली स्याङ्तान र नवजात शिशुसहित पाँच जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । नवजात शिशुलाई चिसोबाट बचाउन घरभित्र गोलको आ...
नागरिकता र भिजिट भिसा समस्या हटाउन गृहमन्त्रीसँग सांसदहरूको माग

नागरिकता र भिजिट भिसा समस्या हटाउन गृहमन्त्रीसँग सांसदहरूको माग

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग सांसदले नागरिकता र भिजिट भिसालगायतका विषयमा देखिएको समस्या सम्बोधनका लागि पहल गर्न आग्रह गरेका छन्। नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सांसद रङ्गमती शाही, विन्दा पाण्डे, विमला राई पौडेल र विना श्रेष्ठले गृहमन्त्री खाणलाई भेटेर नागरिकता, भिजिट भिसालगायतका विषय देखिएको समस्या सम्बोधनका लागि पहल आग्रह गरेका हुन्। सो अवसरमा नेकपा एमाले स...
प्रदेश १ को नाम ‘कोशी’ राख्नु पर्छ: एमाले महासचिव पोख्रेल

प्रदेश १ को नाम ‘कोशी’ राख्नु पर्छ: एमाले महासचिव पोख्रेल

धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले प्रदेश १ को नाम ‘कोशी’ राख्न उचित हुँने बताएका छन् । प्रेस चौतारी धनकुटाले आइतवार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले यस्तो बताएका हुन् । साझा पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नु उचित हुँने भन्दै महासचिव पोख्रेलले सबैको प्रतिनिधित्व गर्ने भएकाले प्रदेश १ को नाम ‘कोशी’ राख्नु नै उचित हुँने बताए । नदीसँग जोडिएक...
काठमाडौंको धुम्बाराहीमा केएमसीको स्वास्थ्य शिविर, एक हजार बिरामीको निःशुल्क उपचार

काठमाडौंको धुम्बाराहीमा केएमसीको स्वास्थ्य शिविर, एक हजार बिरामीको निःशुल्क उपचार

काठमाडौं । काठमाडौं महानगरपालिका–४ स्थित धुम्बाराही पिपलबोटमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, गुड अटो मोबाईल, लायन्स क्लब अफ काठमाडौं युनाइटेड फ्रेन्डस् र लियो क्लब अफ काठमाडौं युनाइटेड फ्रेन्डस्को सहकार्यमा एक दिने निःशुल्क शिविर सञ्चालन गरिएको हो । महेन्द्र अटो मोबाईलको प्राङ्गणमा सञ्चालन भएको शिविरमा १०१३ जना बिरामीको निःशुल्क...
धरानको होटलमा मृत भेटिएकी महिलाको हत्या आरोपमा धनकुटाका राना पक्राउ

धरानको होटलमा मृत भेटिएकी महिलाको हत्या आरोपमा धनकुटाका राना पक्राउ

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–१८ मा रहेको न्यू कान्तिपुर होटल एण्ड लजको १०९ नम्बर कोठामा मृत फेला परेकी महिलाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको पख्रीबास नगरपालिका–६ का २४ बर्षीय जीवन भनिने बिनेश राना छन् । पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ घर भई हाल ईटहरी–५ बस्दै आएकी ३९ बर्षीया सुमित्रा तामाङ फागुन १७ गते होटलमा मृत फेला परेकी थिइन् । होटलमा महिला मृत फेला...
प्रेस चौतारी नेपाल प्रदेश १ को अध्यक्षमा अविजाल बिष्ट निर्वाचित

प्रेस चौतारी नेपाल प्रदेश १ को अध्यक्षमा अविजाल बिष्ट निर्वाचित

झापा । प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीको अध्यक्षमा अविजाल बिष्ट निर्वाचित भएका छन् । झापाको विर्तामोडमा आज सम्पन्न प्रदेश अधिवेशनले मोरङका विष्टको अध्यक्षतामा ७१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । कमिटीको खुला उपाध्यक्षमा सुमन पुरी (सुनसरी), महिला उपाध्यक्षमा सुष्मा श्रेष्ठ (ईलाम), महा–सचिवमा गोपाल झापाली (झापा), खुला सचिवमा गणेश उप्रेती (उदयपुर), समावेशी सचिवमा राजन श्रेष्ठ ...
एमाले अध्यक्ष ओलीको उद्घोषः १ नंम्बर प्रदेशको नाम ‘कोशी’ राख्नुपर्छ

एमाले अध्यक्ष ओलीको उद्घोषः १ नंम्बर प्रदेशको नाम ‘कोशी’ राख्नुपर्छ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ नंम्बर प्रदेशको नाम कोशी प्रदेश राख्नु पर्ने बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित प्रेस चौतारी नेपालको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । कोशी नामसँग १ नंम्बर प्रदेशबासीको सबैभन्दा बढी सम्बन्ध जोडिने भन्दै ओलीले प्रदेश १ को नामका रुपमा कोशीको विकल्प खोज्न नहुँने तर्क गरे । प्रदेश १ को नाम राख्ने चर्चामा रहेको कि...
किशोरीलाई आत्मरक्षा तालिम दिन सुरु

किशोरीलाई आत्मरक्षा तालिम दिन सुरु

काभ्रे । नमोबुद्ध नगरपालिकाले नगरभित्रका किशोरीका लागि आत्मरक्षा तालिम दिन सुरु गरेको छ । तीनदिने उक्त तालिम शुक्रबारदेखि नमोबुद्ध नपा–८ स्थित दाप्चा माध्यमिक विद्यालयमा सुरु गरिएको हो । लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले आयोजित उक्त तालिममा नगरको वडा नं १, ७, ८, ९ र १० का पाँच विद्यालयको ४० किशोरी सहभागी भएका छन् । नगरपालिकाको सहयोगमा मण्डनदेउपुर नगरको द माउन्ट एभरेस्ट तेक्वान्दो डोजाङले...
धनकुटाका दुई युवा गाँजासहित बेलबारीबाट पक्राउ

धनकुटाका दुई युवा गाँजासहित बेलबारीबाट पक्राउ

मोरङ । मोरङको बेलबारीबाट लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको आँखिसल्ला घर भई हाल सुनसरीको धरान–१६ बस्ने ३३ बर्षीय केशरमान राई र धनकुटाको महाभारत घर भई धरान–११ बस्दै आएका २८ बर्षीय मनोज राई छन् । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले बेलबारी नगरपालिका–४ मा पूर्वतर्फ जाँदै गरेको को.२ ह ३२१५ नम्बरको अटोमा लैजाँदै गरेको ...
सुनसरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

सुनसरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

सुनसरी । सुनसरीको गढी गाउँपालिकामा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गढी–२ स्थित सि. जि. फुड्स इन्डस्ट्रिज प्रा.लि. सँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक दिने शिविर सञ्चालन गरेको हो । इन्डस्ट्रिज प्रा.लि.को प्राङ्गणमा सञ्चालित शिविरमा ७५३ जना बिरामी लाभान्वित भएका छन् । उपचारका लागि शिविरमा आएका १७७ जनाको रक्त परीक्षण, ११३ जनाको भिडियो एक्सरे र ८७ जनाको मुट...
भान्सा कोठाभित्र निस्सासिएर आमा-छोराको मृत्यु

भान्सा कोठाभित्र निस्सासिएर आमा-छोराको मृत्यु

दैलेख । दैलेखमा निस्सासिएर दुई जनाको मृत्यु भएको छ । ठाँटीकाँध गाउँपालिका–१ पिपलचोकका हरिकला बादी र उनका छोरा रमेश घरभित्र मृत फेला परेका हुन् । बिहीबार राती भान्सा कोठामा सुतिरहेका उनीहरू शुक्रबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। प्रहरीका अनुसार उनीहरू खरले छाएको घरभित्र भान्सामा चुलोदेखि करिब डेढ फिट नजिक सुतेका थिए । उनीहरूले ओछ्याएको गुन्द्री र सिरक चुलोतिर पुगे...
काभ्रेको पनौतीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, एघार सय बिरामीको उपचार

काभ्रेको पनौतीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, एघार सय बिरामीको उपचार

काभ्रे । काभ्रेको पनौती नगरपालिका–६ नमोबुद्धरोडमा बिहीवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र ज्योती मिर्मिरे सामुदायिक बचत तथा ऋण सहकारी संस्था पनौतीको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । सहकारी संस्थाको भवनमा गरिएको शिविरमा १११३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १९७ जनाको रक्त परीक्षण, ...
इलाममा घाइते चितुवाको उद्धार

इलाममा घाइते चितुवाको उद्धार

इलाम । इलाममा फेला परेको घाइते चितुवाको उद्धार गरिएको छ । जिल्लाको माइजोगमाई–६ प्याङमा फेला परेको घाइते चितुवाको उद्धार गरिएको हो । एक खोल्सीमा चितुवा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सव डिभिजन कार्यालय नयाँ बजारलाई जानकारी गराएपछि त्यहाँको आएको टोलीले गएराति ती चितुवालाई उद्धार गरी डिभिजन वन कार्यालय इलाममा ल्याइएको थियो । घाइते चितुवाको उपचार, पुनःस्थापनाका लागि कोसीट...
error: Content is protected !!