- रविन कटेल/संगालोखबर
तस्बीरः सन्तोष सुवेदी / संगालोखबर

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ नंम्बर प्रदेशको नाम कोशी प्रदेश राख्नु पर्ने बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित प्रेस चौतारी नेपालको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

कोशी नामसँग १ नंम्बर प्रदेशबासीको सबैभन्दा बढी सम्बन्ध जोडिने भन्दै ओलीले प्रदेश १ को नामका रुपमा कोशीको विकल्प खोज्न नहुँने तर्क गरे । प्रदेश १ को नाम राख्ने चर्चामा रहेको किराँतले सबै प्रदेशबासीलाई सम्बोधन गर्न नसक्ने ओलीको भनाई छ । ‘प्रदेश नंम्बर १ मा ८ हजार मिटरभन्दा बढी उचाईका नौ वटा हिमाल छन्, त्यही हिमाल पग्लेर बगेको कोशी नदीसँग १ नंम्बर प्रदेशबासी सबैको सम्बन्ध गाँसिएको छ, कोशीसँग हाम्रो पुर्खौदेखिको सम्बन्ध छ, हामी त्यही हिमालको पानी खाएर हुर्किएका हौं,’ अध्यक्ष ओलीले भने,‘प्रदेश नंम्बर १ बासीका लागि योभन्दा ठूलो पहिचान केही हुँन सक्दैन, हामी झिना मसिना कुरामा अल्झिन हुँदैन, प्रदेश १ को नाम कोशी प्रदेश राख्नु पर्छ । ’

Advertisement

जातीय पहिचानका आधारमा राखिएको नामले सबै प्रदेशबासीलाई सम्बोधन गर्न नसक्ने तर्क गर्दै अध्यक्ष ओलीले माओवादीले जातीय मुद्दा उठाएर जनता भड्काउने काम गरेको आरोप लगाएका छन् । उनले प्रदेश १ को नाम कोशी राख्नका लागि भूमिका खेल्न एमाले नेताहरुलाई निर्देशन पनि दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!