धनकुटा बहुमुखी क्याम्पस प्रमुखको कुर्सी जलाइयो, क्याम्पसमा तोडफोड र तालाबन्दी

धनकुटा बहुमुखी क्याम्पस प्रमुखको कुर्सी जलाइयो, क्याम्पसमा तोडफोड र तालाबन्दी

धनकुटा । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सोमबार धनकुटा बहुमुखी क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गरेको छ । क्याम्पस प्रमुख होमबहादुर बस्नेतलाई कार्यकक्षबाट बाहिर निकाली विद्यार्थीहरुले उनको कुर्सी प्राङ्गणमा ल्याएर जलाएका हुन् । संगठनले राखेका माग संवोधनमा चासो नदेखाएको भन्दै आक्रोशित नेविसंघ सम्बद्ध विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड पनि गरेका छन् । क्याम्पस प्रमुखको...
रामेछापको गोकुलगंगामा केएमसीको दुई दिने निःशुल्क स्वास्थ्य शिविर

रामेछापको गोकुलगंगामा केएमसीको दुई दिने निःशुल्क स्वास्थ्य शिविर

रामेछाप । रामेछापको गोकुलगंगा–३ मा सोमबारबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । गोकुलगंगा गाउँपालिका र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको हो । पालिका अस्पताल रस्नालुमा सञ्चालित शिविरमा पहिलो दिन ९६५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमा २११ जनाको रक्त परीक्षण, १९७ जनाको भिडियो एक्सरे र १५३ जनाको ईसीजी गरिएको केएमसीका जेनेर...
धनकुटामा कांग्रेससहित चार दलले चुनावी तालमेल गर्ने, एमालेविरुद्ध साझा उम्मेद्वार उठाइने

धनकुटामा कांग्रेससहित चार दलले चुनावी तालमेल गर्ने, एमालेविरुद्ध साझा उम्मेद्वार उठाइने

धनकुटा । आगामी बैशाखमा हुँन लागेको स्थानीय तह निर्वाचनमा धनकुटाका चार दलले चुनावी तालमेल गर्ने भएका छन् । सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीेले साझा उम्मेद्वार उठाएर चुनावमा एमालेसँग प्रतिष्पर्धा गर्ने भएका हुन् । चार दलले सोमबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरेर चुनावी तालमेल गरिने जानकारी दिएका हुन् । जिल्लाका सबै पालिका र वडा तह...
सवारी चालक अनुमति पत्रको परीक्षामा चार नक्कली परीक्षार्थी पक्राउ

सवारी चालक अनुमति पत्रको परीक्षामा चार नक्कली परीक्षार्थी पक्राउ

बुटवल । बुटवलमा सवारी चालक अनुमतिपत्रको परीक्षामा चार जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय लुम्बिनीले लिएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका–७ का २२ वर्षीय उद्दयराज भण्डारी, कपिलवस्तु नगरपालिका–४ का २० वर्षीय दुर्गेश पाल, भारत उत्तर प्रदेश जिल्ला महार...
मोरङको लेटाङमा कर्फ्यू आदेश जारी

मोरङको लेटाङमा कर्फ्यू आदेश जारी

विराटनगर । शिक्षकले विद्यार्थीमाथि यौन दुब्र्यवहार गरेको घटना पश्चात उत्पन्न परिस्थितीले उग्ररुप लिएपछि मोरङको लेटाङमा सोमबार विहानबाट कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बिहान ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि लेटाङ क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो । दक्षिणमा लेटाङ नगरपालिका वडा नं.३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, उत्तरमा लेटाङ–६ को वडा कार्यालय, पूर्वमा मो...
मोरङको लेटाङ तनाबग्रस्त: झडपमा महिला प्रहरीको मृत्यु, एस्पीसहित दर्जन घाइते

मोरङको लेटाङ तनाबग्रस्त: झडपमा महिला प्रहरीको मृत्यु, एस्पीसहित दर्जन घाइते

विराटनगर । मोरङको लेटाङमा शिक्षकले विद्यार्थीमाथि यौन दुब्र्यवहार गरेको भन्दै आक्रोशित समूह र प्रहरीबीच आइतवार साँझ झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको छ । आक्रोशित स्थानीयबासीले छुरा प्रहार गर्दा प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो । घटनामा परी जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीसहित दर्जन बढी व्यक्ति घाइते भएको बताइएको छ । रातीक...
विराटनगरमा सुरु भयो विराट राजवंशी महोत्सव

विराटनगरमा सुरु भयो विराट राजवंशी महोत्सव

विराटनगर । विराटनगरमा विराट राजवंशी महोत्सव सुरु भएको छ । विराट राजवंशी समुदायको भाषा, संस्कृति र मौलिक परम्पराको संरक्षण एवं सम्बद्र्धन गर्ने उद्धेश्यले विराट राजवंशी प्रगतिशील विकास समाज समितिले महोत्सव आयोजना गरेको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महोत्सव उद्घाटन गरेका छन् । राजवंशी समुदायको पहिरन धोती र पगडी लगाई गम्छा ओढेर पुगेका मेयर पराजुलीले रीबन काटेर महोत्सव उद्घाटन गरे...
संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–११ गहतेस्थित कोशी राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । शनिबार दिउसो १२ बजे चैनपुरबाट खाँदबारीतर्फ आउदै गरेको को २ त ४२९४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकदेखि ७ मिटर तल खसेको हो । दुर्घटनामा परी संखुवासभाको चैनपुर–३ पोखरीका ट्याक्टर मालिक हेमन्त राईको मृत्यु भएको हो । दुर्घटनामा ट्याक्टर चालक स...
धनकुटामा एमाले निकट युवा संघले गर्यो शक्ति प्रदर्शन (भिडियोसहित)

धनकुटामा एमाले निकट युवा संघले गर्यो शक्ति प्रदर्शन (भिडियोसहित)

धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले शनिवार धनकुटामा शक्ति प्रदर्शन गरेको छ । युवा संघले धनकुटाको त्रिवेणी स्कुलको प्राङ्गणमा आयोजना गरेको बृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रमको अवसर पारेर बजारमा शक्ति प्रदर्शन गरेको हो । भेलालाई संवोधनका लागि नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं युवा इन्चार्ज महेश बस्नेत आएका थिए । नेता बस्नेतको उपस्थितीमा धनकुटा बजारमा जुलुश प्रदर्शन गरियो । नेता ब...
प्रचण्ड र माधवको बोलीको टुंगो छैन: महेश बस्नेत

प्रचण्ड र माधवको बोलीको टुंगो छैन: महेश बस्नेत

धनकुटा । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं युवा इन्चार्ज महेश बस्नेतले प्रचण्ड र माधव नेपालको बोलीको टुंगो नभएको आरोप लगाएका छन् । राष्ट्रिय युवा संघ नेपाल, धनकुटाले शनिवार धनकुटा सदरमुकाममा गरेको बृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । उनले प्रचण्ड र माधव नेपालको चार वटा मुख रहेको टिप्पणी गरे । ‘प्रचण्ड र माधवले एउटा कुरा बोल्छन, काम अर्कै गर्...
आरोहण गुरुकुलको काव्यरोहणको नवौं शृङ्खलामा श्रवण मुकारुङ

आरोहण गुरुकुलको काव्यरोहणको नवौं शृङ्खलामा श्रवण मुकारुङ

विराटनगर । आरोहण गुरुकुलको काव्यरोहण कविता यात्रामा अग्रज कवि श्रवण मुकारुङ प्रस्तुत भएका छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शनिवार आयोजित काव्यरोहणको नवौं शृंखलामा अग्रज कवि मुकारुङ प्रस्तुत भएका हुन् । कवि मुकारुङले ‘आवाज नआइपुग्ने मेघको उज्यालो’, ‘मेडम गीता’, ‘डिप्रेसनमा राम’, ‘हुमानसिंह भुजेलको भैंसी’, ‘गाउँ र आमा’, ‘मोहन कोइराला’, ‘मानिसको मृत्यु’ र ‘बिसे नगर्चीको बयान’ शीर्षकका...
राष्ट्रिय युवा संघ धनकुटाको अध्यक्षमा पोख्रेल निर्वाचित

राष्ट्रिय युवा संघ धनकुटाको अध्यक्षमा पोख्रेल निर्वाचित

धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, धनकुटाको अध्यक्षमा प्रविण पोख्रेल निर्वाचित भएका छन् । धनकुटा बजारमा आज सम्पन्न बृहत युवा भेलाले पोख्रेलको अध्यक्षतामा १७१ सदस्यीय युवा संघ जिल्ला कमिटी निर्माण गरेको हो । नव गठित समितिको उपाध्यक्षमा सन्देश आठपहरिया, सचिवमा कमल कार्की, सह–सचिवमा सुरेश तामाङ्ग र धिरज तामाङ्ग तथा कोषाध्यक्षमा दिपेश चेम्जोङ्ग लिम्बू चयन भएका छन् । त्यस्तै सदस्...
संखुवासभामा पहिरोबाट विस्थापित २५ परिवारलाई जग्गा प्रदान

संखुवासभामा पहिरोबाट विस्थापित २५ परिवारलाई जग्गा प्रदान

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा र चेप्चेवाका पहिरोबाट विस्थापितलाई जग्गा प्रदान गरिएको छ । गाउँपालिकाले जग्गा खरिद गरी बेसिन्दाका २५ परिवारलाई वडा नं १ को चित्रे गाउँमा पुनःस्थापना गर्न जग्गा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए । गत २०७७ साल असार २७ गते राति बेसिन्दामा पहिरो जाँदा बेसिन्दा र चेप्चेवाका ९२ घरपरिवार विस्थापित भएका थिए । पहिरोबाट ...
भक्तपुरको दधिकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

भक्तपुरको दधिकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ स्थित दधिकोट विरुवामा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थासँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एकदिने शिविर सञ्चालन गरेको हो । दधिकोट इङ्गिलस सेकेण्डरी स्कूलमा सञ्चालित शिविरमा ९६५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १७२ जनाको रक्त परीक्षण, १६८ जनाको ...
प्रदेश १ मा होलीको दिन सात सय सवारी परे कारबाहीमा

प्रदेश १ मा होलीको दिन सात सय सवारी परे कारबाहीमा

विराटनगर । प्रदेश १ मा होलीको दिन शुक्रबार ट्राफिक नियम उल्लंघन गर्ने सात सय भन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् । सुनसरी, मोरङ, झापा र उदयपुरमा होली मनाउँने क्रममा ट्राफिक नियम उल्लंघन गर्ने ७ सय ५ सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको हो । मोरङमा २७२, झापामा २३१, सुनसरीमा १८३ र उदयपुरमा १९ सवारी साधनलाई कारबाही गरिएको इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्या...
धनकुटामा बृद्धको शव फेला

धनकुटामा बृद्धको शव फेला

धनकुटा । धनकुटा नगरपालिका–९ स्थित गुठीटारमा एक बृद्धको शव फेला परेको छ । गुठीटारस्थित महेन्द्र राईको खाली घरमा बस्दै आएका तेह्रथुम घर बताउँने टंक ओझा बिहीवार राती मृत भेटिएका हुन् । करिव ५९ बर्षीय बृद्धका मृत अवस्थामा भेटिएपछि प्रहरी घटनास्थलमा गएको थियो । उनी उक्त खाली घरमा केहिदिन अघिदेखि बस्दै आएका थिए । उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जन...
झापामा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

झापामा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

झापा । झापाको बिर्तामोडमा श्रीमानको कुटाईबाट घाइते भएकी श्रीमतीको गएराती मृत्यु भएको छ । विर्तामोड नगरपालिका–५ का ४० बर्षीय कमल राउतले कुटपिट गर्दा उनकी श्रीमती ३९ बर्षीय खेमजुङ गुरुङको मृत्यु भएको हो । प्रहरीका अनुसार राउतले घरायसी बिवादका क्रममा बुधवार राती श्रीमती खेमजुङमाथि कुटपिट गरेका थिए । कुटाईबाट घाईते भएकी खेमजुङलाई उपचारका लागि विर्तामोडस्थित कन्काई अस्पताल पुर्याइएको थियो । त्यहाँ ...
हत्यारा पत्ता लगाउँने डिएसपी कुँवर भए प्रदेश १ को उत्कृष्ट प्रहरी

हत्यारा पत्ता लगाउँने डिएसपी कुँवर भए प्रदेश १ को उत्कृष्ट प्रहरी

विराटनगर । इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेन्द्र कुँवर प्रदेश १ को उत्कृष्ट प्रहरी घोषित भएका छन् । धरानको जंगलमा झोलाभित्र भेटिएको शवको टुक्राहरुबाट मृतकको पहिचान गरी हत्यामा संलग्न आरोपित पक्राउ गर्न सफल डिएसपी कुँवरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो । गत फागुन ४ गते धरान उपमहानगरपालिका–४ स्थित जंगलम...
धनकुटाको सहिदभूमि गाउँपालिकाले दुई करोड ५५ लाख खर्चेर बनायो प्रशासनीक भवन

धनकुटाको सहिदभूमि गाउँपालिकाले दुई करोड ५५ लाख खर्चेर बनायो प्रशासनीक भवन

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको नयाँ प्रशासनीक भवन निर्माण गरिएको छ । सहिदभूमि गाउँपालिका–४ पिप्लेमा २ करोड ५५ लाख लागतमा गाउँपालिकाको ३ तले प्रशासनीक भवन निमार्ण गरिएको हो । प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले एक कार्यक्रमकाबीच रीबन काटेर नव निर्मित भवन उद्घाटन गरेका छन् । कार्यक्रममा प्रतिनिधि सभा सदस्य राई, प्रदेश सभा सदस्य द्वय इन्द्रमणी पराजुली र निरन राई, संबिधान सभा सदस्य टिकाराम ...
काठमाडौंमा सभ्य बन्दै होली, कुन देशमा कसरी मनाइन्छ ?

काठमाडौंमा सभ्य बन्दै होली, कुन देशमा कसरी मनाइन्छ ?

काठमाडौं । वसन्तपुर दरबार क्षेत्रमा चीरोत्थान गरेसँगै राजधानीमा हिँड्नै नसकिने गरी फोहर पानीले भरिएका बेलुनले हिर्काउने विकृति अन्त्य भएको छ। केही वर्षदेखि राजधानीमा रङको पर्व फागु पूर्णिमा अर्थात् होली अहिले सभ्य बन्दै गएको छ। केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि नै युवती प्रायः सडकमा निस्कदैनथे। फागु पर्व सभ्य हुन थालेपछि भने बुधबार पनि राजधानीमा युवतीको चहलपहल पूर्ववत् रह्यो। फागुन शुक्ल ...
चौविसे गाउँपालिकाले सार्वजनिक गर्यो ५ बर्षको उपलब्धी

चौविसे गाउँपालिकाले सार्वजनिक गर्यो ५ बर्षको उपलब्धी

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले विगत पाँच बर्षमा हासिल भएका उपलब्धीहरु सार्वजनिक गरेको छ । गाउँपालिकाले आफ्नो नवनिर्मित प्रशासनिक भवन उद्घाटन, जग्गादाताहरुलाई सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रमको आयोजना गरेर उपलब्धी सार्वजनिक गरेको हो । कार्यक्रममा पालिका अध्यक्ष खजिन्द्र राईले पालिकालाई पद्दतिमा सञ्चालन गर्न ५० वटा ऐन, कार्यविधि, निर्देशिका, नियमावली र बिनियमावली बनाईएको जानकारी दिए ...
पढाई छुटेका विद्यार्थीका लागि नोबेलले बेग्लै कक्षा सञ्चालन गर्ने

पढाई छुटेका विद्यार्थीका लागि नोबेलले बेग्लै कक्षा सञ्चालन गर्ने

काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भई विगत चार महिनादेखि पढाई छुटेका एमबीबीएस १५ औं ब्याचका विद्यार्थीहरुका लागि कलेजले छुट्टै कक्षा सञ्चालन गर्ने भएको छ । बुधबार काठमाडौंमा भएको छलफलका क्रममा कलेज प्रशासन र विद्यार्थीहरुबीच छुट्टै कक्षा सञ्चालन गरेर छुटेको पढाई ‘रिकभर’ गर्ने सहमति भएको हो । सहमति पत्रमा कलेजकातर्फबाट प्राचार्य प्रा.डा.रामहरी घिमिरे र सल्लाहकार डा.केपी शर्मासहित...
मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु

मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु

उदयपुर । उदयपुरको बेलका नगरपालिका–६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट आज एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुँनेमा बेलका–३ की ७६ बर्षीया राममाया आले छिन् । बिहान पौने ११ बजे स. ७ प ८६९२ नम्बरको मोटरसाइकलले पैदल यात्री आलेलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गंभीर घाइते भएकी उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मोटरसाइकल र चालक त्रिय...
चिठ्ठाको आशमा २९ लाख स्वाहा

चिठ्ठाको आशमा २९ लाख स्वाहा

काठमाडाैं । चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको २९ लाख नेपाली रकम गुमेको छ । सामाजिक सञ्जाल ह्वाट्सएप प्रयोगकर्ता एक नेपालीलाई जर्मनमा बस्ने भनिएका डा. जोन लरेन्ससहितका व्यक्तिले ठूलो रकम चिठ्ठा परेको भन्दै उल्टै २९ लाख ठगी गरेका हुन् । ती नेपाली नागरिकलाई ९० लाख चिठ्ठा परेको भनिएको थियो । यस्तै, उनलाई सो चिठ्ठाबापतको रकमका लागि करबापत रकम तिर्नुपर्ने भन्दै पटकपटक गरी २९ लाख रुपैयाँ ठगी गरिएक...
नोबेलमा बिरामीको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री

नोबेलमा बिरामीको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ बर्षीय युवाको पेटबाट कम्मरमा बाध्ने पेटीको बक्कल र घाँटीमा लगाउँने फलामको सिक्री निकालिएको हो । परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए । घटनापछि उपचारका लागि नोबेल ल्याइ...
ब्याजदर घटाउँन माग गर्दै मोरङका उद्योगी, व्यवसायी आन्दोलित

ब्याजदर घटाउँन माग गर्दै मोरङका उद्योगी, व्यवसायी आन्दोलित

विराटनगर । बैंकको व्याजदर घटाउँन माग गर्दै मोरङका उद्योगी, व्यवसायीहरु आन्दोलित भएका छन् । अस्वभाविक रुपमा भएको व्याजदर बृद्धिले मार परेको भन्दै आन्दोलनमा उत्रिएका उद्योगी, व्यवसायीहरुले मंगलबार प्रदर्शन गर्दै विराटनगरस्थित नेपाल राष्ट्र बैंकको शाखा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । व्यानर र प्लेकार्ड बोकेर पुगेका उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकका शाखा प्रमुख मीना पाण्डेलाई ज्ञापनपत्र बुझा...
झापाबाट ब्राउन सुगरसहित धनकुटाका युवा पक्राउ

झापाबाट ब्राउन सुगरसहित धनकुटाका युवा पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–६ बाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको पाख्रीवास नगरपालिका–३ का ३३ बर्षीय बिनोद घिमिरे छन् । दिउँसो साढे १ बजे ईलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । मेचीपुल छेउमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका घिमिरेलाई संका लागेर प्रहरीले चेकजाँच ग...
तमोर नदी किनारमा बृद्धाको शव फेला

तमोर नदी किनारमा बृद्धाको शव फेला

धनकुटा । धनकुटा नगरपालिका–९ मुलघाटस्थित तमोर नदी किनारमा आज बिहान एक बृद्धा मृत अवस्थामा फेला परेकी छन् । मुलघाटस्थित बिश्रान्ती बृद्धाश्रममा बस्दै आएकी ५६ बर्षीया देवी लामिछाने नदी किनारमा मृत फेला परेकी हुन् । फागुन २९ गते दिउँसोदेखि उनी बृद्धाश्रमबाट सम्पर्क बिहिन भएकी थिइन् । उनी हराएपछि खोजी गर्ने क्रममा आज बिहान करिब ९ बजे नदी किनारमा शव फेला परेको प्रहरी चौकी मुलघाटले जनाएको छ । मृतको श...
आठ महिनादेखि विद्युत् सेवा अवरुद्ध

आठ महिनादेखि विद्युत् सेवा अवरुद्ध

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीन हजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य छन् । अदानचुली ४, ५ र ६ मा नौ महिनादेखि विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ । साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत् आयोजनाको भत्केको नहर अझैसम्म मर्मत गरिएको छैन । ती तीन वडावासीले सल्लाको दियालो तथा सोलार बालेर रात बिताउँदै आएका छन् । नहर मर्मतमा चासो नराख्दा ...
गोरखाको आरुघाटमा केएमसी र पिपुल्स डेन्टल कलेजको निःशुल्क स्वास्थ्य शिविर

गोरखाको आरुघाटमा केएमसी र पिपुल्स डेन्टल कलेजको निःशुल्क स्वास्थ्य शिविर

गोरखा । गोरखामा सोमबार निःशुल्क शिविर सञ्चालन गरिएको छ । आरुघाट गाउँपालिका वडा नंम्बर ९ सँग सहकार्य गरेर काठमाडौंको सिनमंगलस्थित काठमाडौं मेडिकल कलेज र नयाँ बजारस्थित पिपुल्स डेन्टल कलेज तथा जनरल हस्पिटलले दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा पहिलो दिन ९५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १८९ जनाको...
सप्तरीमा नोबेलले गर्यो निःशुल्क स्वास्थ्य शिविर, १४ सय बिरामी लाभान्वित

सप्तरीमा नोबेलले गर्यो निःशुल्क स्वास्थ्य शिविर, १४ सय बिरामी लाभान्वित

सप्तरी । सप्तरीको कञ्चनपुर नगरपालिका–१२ मा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्थानीय रुपनगर चौकस्थित एमडी हेल्थ केयर हस्पिटल प्रा.लि. सँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एकदिने शिविर सञ्चालन गरेको हो । एमडी हेल्थ केयर हस्पिटलमा सञ्चालन भएको शिविरमा १४३३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । उपचारका लागि शिविरमा आएका २१६ जनाको रक्त परीक्षण, १९७ जना...
error: Content is protected !!