संगालोखबर सम्बाददाता

सुनसरी । सुनसरीको गढी गाउँपालिकामा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गढी–२ स्थित सि. जि. फुड्स इन्डस्ट्रिज प्रा.लि. सँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक दिने शिविर सञ्चालन गरेको हो ।

Advertisement

इन्डस्ट्रिज प्रा.लि.को प्राङ्गणमा सञ्चालित शिविरमा ७५३ जना बिरामी लाभान्वित भएका छन् । उपचारका लागि शिविरमा आएका १७७ जनाको रक्त परीक्षण, ११३ जनाको भिडियो एक्सरे र ८७ जनाको मुटुको जाँच (इसीजी) गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतमा समस्या भएका ३१ जनाको दाँत खोलिएको छ ।

ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालका गाउँ-गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!