संगालोखबर सम्बाददाता

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहर नगरपालिका–९ स्थित काँडाघारीमा बिहीवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कायरा पोलिक्लिनिकसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एक दिने शिविर सञ्चालन गरेको हो ।

Advertisement

काँडाघारीस्थित इभानी कम्प्लेक्समा सञ्चालित शिविरमा ९६५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १५३ जनाको भिडियो एक्सरे, १२१ जनाको रक्त परीक्षण र ७५ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै २२ जनाको दाँत खोलिएको छ । शिविरमा उपचार सम्भव नभएका ३३ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

शिविरमा औषधि पनि निःशुल्क वितरण गरिएको छ । केएमसीले बुधबार काठमाडौंको आरुबारीमा स्वास्थ्य शिविर सञ्चालन गरेर ९६३ जना बिरामीको निःशुल्क उपचार गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!