संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

दैलेख । दैलेखमा निस्सासिएर दुई जनाको मृत्यु भएको छ । ठाँटीकाँध गाउँपालिका–१ पिपलचोकका हरिकला बादी र उनका छोरा रमेश घरभित्र मृत फेला परेका हुन् ।

बिहीबार राती भान्सा कोठामा सुतिरहेका उनीहरू शुक्रबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। प्रहरीका अनुसार उनीहरू खरले छाएको घरभित्र भान्सामा चुलोदेखि करिब डेढ फिट नजिक सुतेका थिए । उनीहरूले ओछ्याएको गुन्द्री र सिरक चुलोतिर पुगेर आगो पनि सल्केको  थियो । आगोले उनीहरूको शरीरको केही भाग पोलको छ ।

४० वर्षीया हरिकलाको शरीरको पछाडिको भाग र १८ वर्षीय रमेशको हात जलेको छ। पोलिएर भन्दा पनि धुवाँ धेरै भएर निस्सासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!